न्युयोर्कको लागार्डिया विमानस्थलबाट प्रस्थान गरेको अमेरिकन एयरलाइन्सको १७२२ उडान बिहीबार राति विमानको इन्जिनमा चरा छिर्दा आपतकालीन अवतरण गर्न बाध्य भएको छ । चरा ठोक्किएपछि विमान जोन अफ केनेडी विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो ।
साँझ ७ः२० बजेपछि विमान १७२२ लागार्डियाबाट उडेको थियो ।विमान नर्थ क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो।
तर चरा दायाँतर्फको इन्जिनमा प्रवेश गर्दा ठूलो क्षति पुगेका कारण विमानलाई आफ्नो मार्ग परिवर्तन गरेर जोन अफ केनेडी विमानस्थलतर्फ फर्कन बाध्य बनाइएको पोर्ट अथरिटी अफ न्युयोर्क / न्यु जर्सीका अधिकारीहरूले बताएका छन्।
एक्समा पोस्ट गरिएको भिडियो क्लिपमा इन्जिन भित्र चरा छिरेको देख्न सकिन्छ भने विमानको पुच्छरतर्फ सानो विस्फोट पनि भएको देखिन्छ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
घटनामा कोही पनि घाइते नभएको अमेरिकन एयरलाइन्सले एक विज्ञप्तिमा जनाएको छ। शार्लोटतर्फ गइरहेको उक्त उडान शुक्रबार बिहान पुनः प्रस्थान गरेको छ । यात्रुहरूलाई रातका लागि होटलमा बस्ने व्यवस्था गरिएको एयरलाइन्सले जानकारी दिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।