एप्पलको स्याटेलाइट म्यासेजिङ र ब्लड प्रेसर मोनिटरिङ फिचर एप्पल वाचमा पनि आउने


प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार

silver aluminum case apple watch with white sport band

एप्पलले यस वर्षको सुरुआतमै आईफोनहरूमा आपतकालीन अवस्थाबाहेक स्याटेलाइट म्यासेजिङ सुविधा उपलब्ध गराएको थियो। अब एप्पलले यही प्रविधि आफ्नो आगामी एप्पल वाच अल्ट्रामा पनि उपलब्ध गराउन सक्ने साथै यसमा लामो समयदेखि चर्चामा रहेको ब्लड प्रेसर मोनिटरिङ फिचर थपिने सम्भावना पनि रहेको छ।

एप्पल वाच अल्ट्रामा स्याटेलाइट म्यासेजिङको चर्चा यस वाचको नामसमेत सार्वजनिक हुनु अगाडि नै भएको थियो।  यो सुविधा आईफोनमा जस्तै काम गर्नेछ। यसले वाचमार्फत सेल्युलर वा वाइफाइ जडान बिना पनि टेक्स्ट सन्देश पठाउन सक्ने क्षमता प्रदान गर्नेछ।

एप्पलले आफ्नो वाचका लागि इन्टेल मोडेमलाई मिडियाटेकको कम्पोनेन्टले प्रतिस्थापन गर्दैछ भने वियरेबल्सका लागि आफ्नै इन हाउस मोडेम प्रयोग गर्ने योजना भने छैन। नयाँ कम्पोनेन्टले केही मोडेलहरूमा रेडक्याप (वियरेबल्स र एलवति का लागि कम लागत र लामो ब्याट्री जीवनकालको सेवा दिने फाइभ जी सेवा ) को समर्थन पनि गर्न सक्छ।

silver aluminum case Apple Watch with white Sports band

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्याटेलाइट सेवाको समावेशले एप्पललाई गर्मिन इनरीच प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्न सक्छ, जसले अझै लामो ब्याट्री जीवनको लागि इनरीच रोज्छन्। तर एउटै उपकरणबाट बढी सुविधा पाउन चाहनेका लागि एप्पल वाच आकर्षक हुन सक्छ। सम्भावित रूपमा यो सेवा एप्पलका स्याटेलाइट साझेदार ग्लोबलस्टारमार्फत प्रदान गरिनेछ। ग्लोबलस्टारमा एप्पलले केही समय अगाडि २० प्रतिशत स्वामित्व खरिद गरेको थियो।

जहाँसम्म ब्लड प्रेसर मोनिटरिङको कुरा छ,  यो फिचर २०२५ सम्ममा आउने सम्भावना भए पनि यसअघि पनि यो फिचर धेरैपटक ढिलो भएको बताएको छ। स्लीप एप्निया पत्ता लगाउने र अन्य स्वास्थ्यसम्बन्धी फिचरहरूजस्तै यो फिचरले पनि सटीक मापन भने गर्न नसक्ने बताएको छ । तर, यो सुविधा प्रयोगकर्तालाई हाइपरटेन्सनको संकेत देखिए जानकारी दिन सक्षम हुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com