एन्ड्रोइड र आइफोनबीचको म्यासेजिङ प्रणाली असुरक्षित भएको एफबीआईको चेतावनी


प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार

two black smartphones

एप्पलले नयाँ आरसीएस म्यासेजिङ प्रणाली अपनाएपछि धेरैले यसलाई टेक्स्ट म्यासेजिङतर्फको पुनरागमनको संकेत मानेका थिए। तर, अहिले एउटा अप्रत्याशित समस्या अगाडि आएको छ। एन्ड्रोइडदेखि एन्ड्रोइड वा आइफोनदेखि आइफोनको म्यासेजिङ सुरक्षित भए पनि यी दुई प्लेटफर्मबीचको म्यासेजिङ भने सुरक्षित छैन।

अब अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआई र साइबर सुरक्षा एजेन्सी सिसाले मानिसहरूलाई इनक्रिप्टेड म्यासेजिङ र कलको प्रयोग गर्न सुझाव दिएका छन्। यसको पृष्ठभूमि भने चीनको अमेरिकी नेटवर्कमा भइरहेको साइबर हमला हो, जसलाई साल्ट टाइफुन नाम दिइएको छ। यो आक्रमण पहिले अनुमान गरेभन्दा ठूलो र लगातार भइरहेको बताइएको छ।

हालैको रिपोर्टअनुसार यी आक्रमणबाट ठूला दूरसञ्चार कम्पनीहरूको नेटवर्क ह्याक भएको छ। केही सीमित सरकारी अधिकारी र राजनीतिमा संलग्न व्यक्तिहरूको निजी संचारसमेत प्रभावित भएको पुष्टि भएको छ।

अमेरिकी सरकारका एजेन्सीहरूले यो आक्रमणबारे संयुक्त चेतावनी जारी गरेका छन्। अमेरिकी सिनेटले यस विषयमा डिसेम्बर ११ मा सुनुवाइ गर्ने तयारी गरेको छ। यसै सन्दर्भमा, अमेरिकी नेताहरूले सञ्चार नेटवर्कको सुरक्षा सुनिश्चित गर्न नयाँ कदम चाल्ने प्रतिज्ञा गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एन्ड्रोइड र आइफोनबीच आरसीएस प्रणालीमा इनक्रिप्शनको अभाव मुख्य समस्या हो। एन्ड्रोइड र आइफोन दुवैले इनक्रिप्टेड म्यासेजिङको महत्त्वलाई स्वीकारे पनि पूर्ण इनक्रिप्शनको लागि कुनै ठोस समयसीमा दिइएको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com