केही प्रस्तावित मन्त्रीहरुका लागि ट्रम्पको टोलीद्वारा एफबीआई जाँच बाइपास


प्रकाशित मिति : कार्तिक ३०, २०८१ शुक्रबार

President-elect Donald Trump speaks during a meeting with the House GOP conference, Wednesday, Nov. 13, 2024, in Washington. (AP Photo/Alex Brandon)

आगामी ट्रम्प प्रशासनका प्रमुख पदका लागि छनोटमा रहेका केही व्यक्तिहरूको पृष्ठभूमि जाँचको लागि डोनाल्ड ट्रम्पको टोलीले एफबीआई पृष्ठभूमि जाँचको साटो निजी कम्पनीहरूको जाँच प्रयोग गरिरहेको जनाइएको छ । परम्परागत रुपमा एफबीआई पृष्ठभूमि जाँच गरिदै आएकोमा ट्रम्पको टोलीले त्यसलाई प्रयोग नगरेको हो ।

ट्रम्प र उनका सहयोगीहरू एफबीआई प्रणाली ढिलो र समस्याग्रस्त भएको विश्वास गर्छन्, जसले नव निर्वाचित राष्ट्रपतिको योजनामा अवरोध गर्न सक्ने चिन्ता समेत छ। आलोचकहरूका अनुशार हस्तक्षेपकारी पृष्ठभूमि जाँचले कहिलेकाहीं राजनीतिक रूपमा समस्यामा पार्ने जानकारी समेत खुलाउन सक्छ।

ट्रम्पले म्याट गेट्जलाई न्यायमन्त्री र तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर निर्देशकको रूपमा प्रस्ताव गरेका छन्। व्यक्तिको विदेशी सम्बन्ध र राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको पुष्टी गर्न द्वितीय विश्वयुद्धपछि स्थापित प्रोटोकललाई बेवास्ता गरेर पनि राष्ट्रपतिले जो कोहीलाई पनि नियुक्त गर्ने अन्तिम अधिकार राख्छन् ।

तर, पृष्ठभूमि जाँचलाई छाड्नुले वाशिंगटनमा लामो समयदेखि चलेको परम्परालाई उल्लंघन गर्ने संकेत गरेको छ । यसले ट्रम्पको राष्ट्रिय सुरक्षा निकायप्रति अविश्वासलाई झल्काउँछ, जसलाई उनले डीप स्टेट भनेर व्याख्या गर्छन्। केही सल्लाहकारहरूले चुनाव अघि नै परम्परागत पृष्ठभूमि जाँच प्रक्रियालाई छाडेर निजी अन्वेषकहरूको प्रयोग गर्न ट्रम्पलाई सल्लाह दिएको जनाइएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले केही पदका लागि नामहरू एफबीआईमा पठाउन सक्थे, तर यसले निश्चित समस्याहरू ल्याउने सम्भावना रहेको छ। गेट्जको पछिल्लो केही वर्ष यौन तस्करीसँग सम्बन्धित मुद्दामा अनुसन्धान भइरहेको थियो । गबार्डले पनि केही विदेशी नेताहरूप्रति सकारात्मक दृष्टिकोण देखाएकी थिइन्, जसले आलोचना जन्माएको थियो।

ट्रम्पले सुरक्षा क्लियरन्स बिना गेट्जलाई नियुक्त गर्न सक्छन्। २०१७ मा ट्रम्पले जेरेड कुशनरलाई सुरक्षा क्लियरन्स दिने आदेश दिएका थिए। यदि गेट्जले जाँचमा सहभागीता नजनाएमा सिनेटको अनुरोधमा एफबीआईले आधारभूत अनुसन्धान गर्न सक्छ। तर, ट्रम्प टोलीले हालसम्म सुरक्षा क्लियरन्सका लागि आवश्यक नामहरू बुझाएको छैन।

ट्रम्प टोलीले आफ्नै आन्तरिक छनोटमा ध्यान केन्द्रित गरिरहेको छ, जसले नयाँ प्रशासनका अधिकारीहरूको गोप्य जानकारी प्राप्त गर्ने समय पनि प्रभावित गर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com