फक्स न्युजका होस्ट र सेनाका भूतपूर्व सैनिक पिट हेगसेथ ट्रम्पका रक्षामन्त्री बन्ने


प्रकाशित मिति : कार्तिक २७, २०८१ मंगलबार

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रक्षा मन्त्रीका रूपमा फक्स न्युजका होस्ट र सेनाका भूतपूर्व सैनिक पिट हेगसेथलाई छनोट गरेका छन्।

“पिटले आफ्नो जीवन सैनिकहरू र देशका लागि एक योद्धाका रूपमा बिताएका छन्,” ट्रम्पले मंगलबारको घोषणा वक्तव्यमा भने। “पिट कडा, बुद्धिमान, र ‘अमेरिका फर्स्ट’का सच्चा विश्वासी हुन्। पिटको नेतृत्वमा अमेरिकाका दुश्मनहरू सतर्क हुनेछन् – हाम्रो सेनालाई फेरि महान बनाइनेछ, र अमेरिका कहिल्यै पछि हट्ने छैन।”

हेगसेथले अफगानिस्तान र इराकमा सेवा गरेर लामो सैन्य अनुभव बटुलेका छन्। मिनेसोटा निवासी, श्री हेगसेथले प्रिन्सटन विश्वविद्यालयबाट स्नातक गरेका थिए । जहाँ उनी द प्रिन्सटन टोरी नामको एक रूढिवादी पत्रिकाका प्रकाशक थिए । त्यसमा उनले बगदादमा २००३ मा सद्दाम हुसेनको मूर्ति ढालेको देखेको बारेमा लेखेका थिए।

उनले हार्वर्ड केनेडी स्कूलबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन्। मिस्टर हेगसेथको पुस्तक, न्यु योर्क टाइम्सको बेस्ट सेलर “द वार अन वारियर्स: बिहाइन्ड द बिट्रेयल अफ द मेन हु किप अस फ्री,” जुनमा प्रकाशित भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले अनौपचारिक सल्लाहकारको रूपमा पनि वर्षौंदेखि ट्रम्पलाई सहयोग गरेका थिए । पहिलो कार्यकालमा उनलाई विभिन्न पदका लागि विचार गरिए तापनि अन्ततः उनी छनोटमा परेनन् ।

फ्लोरिडाका सांसद माइक वाल्ट्जलाई पनि यो पदको लागि प्रस्ताव गरिएको थियो, तर ट्रम्पले उनलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा नियुक्त गर्न प्रस्ताव गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com