अमेरिकी राष्ट्रपति चुनाव : रुसबाट उत्पन्न बमका धम्कीका कारण ५ केन्द्रमा मतदान स्थगित
प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार
SAN FRANCISCO, CALIFORNIA – NOVEMBER 4: People vote at the San Francisco City Hall voting center on the final day of early voting ahead of Election Day, on November 4, 2024 in San Francisco, California. Millions of Americans will cast their ballots tomorrow in the presidential race between Republican nominee former President Donald Trump and Democratic nominee Vice President Kamala Harris, as well as multiple state elections that will determine the balance of power in Congress. Loren Elliott/Getty Images/AFP (Photo by Loren Elliott / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
जर्जियाको डिकाल्व काउन्टीका ५ मतदान केन्द्रमा बमको धम्कीका कारण मतदान रोकिएको छ। उक्त काउन्टीको प्रेस विज्ञप्तिमा बमको धम्कीका कारण पाँच मतदान केन्द्र तथा अन्य दुई स्थानमा बम खोजी कार्य भइरहेको उल्लेख गरिएको छ।
मतदान गर्न चाहने हरेक नागरिकलाई मतदानको अवशर प्रदान गर्न सबै स्रोतहरू प्रयोग गरिने उक्त काउन्टीका सीईओ माइकल थर्मण्डले विज्ञप्तिमा भनेका छन्। डिकाल्व काउन्टीको मतदाता दर्ता र चुनाव कार्यालयले ती मतदान केन्द्रहरूमा अस्थायी रूपमा मतदान स्थगित गरिएको जानकारी दिएको छ।
डिकाल्व प्रहरीबाट सुरक्षा अनुमोदन प्राप्त नभएसम्म सुरक्षाका लागि यी मतदान केन्द्रहरूमा मतदानलाई अस्थायी रूपमा रोकेको चुनावकी कार्यकारी निर्देशक केशा स्मिथले विज्ञप्तिमा भनेकी छन्। काउन्टीले ती प्रभावित मतदान केन्द्रहरूमा मतदान समय लम्ब्याउन आपतकालीन आदेशका लागि अदालत जाने तयारी गरेको छ।

यी स्थानहरूमा एउटा चर्च, दुईवटा पुस्तकालय, एउटा सामुदायिक केन्द्र र एक वरिष्ठ नागरिक केन्द्र समावेश छन्। यस्ता धम्कीहरू अन्य काउन्टीहरूमा पनि आएका छन्, जसलाई एक अमेरिकी अधिकारीले रसियाबाट आएको आशंका गर्दै गैर विश्वसनीय बताएका छन् ।
त्यस्तै एरिजोनाको नाभाजो काउन्टीका चार स्थानहरूमा पनि अपुष्ट बमका धम्कीहरू आएका थिए । राज्यका अधिकारीहरूले धम्कीहरू रूसबाट उत्पन्न भएको विश्वास गर्ने कारणहरु रहेको बताएका छन् । कुनै पनि मतदाता वा कुनै पनि मतदान स्थलहरू कुनै पनि किसिमको खतरामा रहेको विश्वास गर्ने कुनै कारण नभएको एरिजोनाको सेक्रेटरी अफ स्टेटले बताएका छन् ।
त्यस्तै जर्जियाका १० मतदान केन्द्रहरुमा आएको धम्कीहरुको कारणले ती केन्द्रहरु ढिलोसम्म खुला रहनेछन् । धम्कीका कारण मतदान केही समय अवरुद्ध भएको थियो । त्यहाँ मतदान साँझ ७ बजेपछि पनि बढाइनेछ। फुल्टन काउन्टीका पाँच मतदान स्थलमा मङ्गलबार साँझ मतदानको समय बढाइनेछ । ती केन्द्रहरुमा अधिकतम ४० मिनेटसम्म समय बढाइने भएको छ । धम्की रसियन इमेल डोमेनमार्फत आएको जनाइएको छ ।






