आज अमेरिकामा राष्ट्रपति चुनावको मुख्य दिन, सबैको नजर ७ ब्याटलग्राउण्ड राज्यतिर


प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार

आज अमेरिकामा राष्ट्रपति चुनावको मुख्य दिन सबैको नजर ७ वटा ब्याटलग्राउण्ड राज्यतिर रहेको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक पर्ने २७० इलेक्टोरल मतमध्ये डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदबार कमला ह्यारिसले २२६ इलेक्टोरल मत जित्ने निश्चित भएको छ भने रिपब्लिकन राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पले २१९ इलेक्टोरल मत जित्ने निश्चित भएको छ ।

बाँकी ७ वटा ब्याटलग्राउण्ड राज्यहरुबाट जसले २७० इलेक्टोरल मत पुराउन सफल हुन्छ, त्यही उम्मेदबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनेछन् । विसकन्सिन, नेभाडा, मिसिगन, एरिजोना, पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जियाले अबको अमेरिकी राष्ट्रपति को हुने भन्ने निर्धारण गर्ने भएकाले सबैको नजर ती राज्यतिर भएको हो ।

कमला ह्यारिसलाई २२६ इलेक्टोरल भोट हुने राज्यमा प्रष्ट रूपमा मन पराइएको छ भने डोनाल्ड ट्रम्पलाई २१९ मत हुने राज्यहरूमा प्रष्ट रुपमा मन पराइएको छ। जित्नको लागि ह्यारिसलाई सात ब्याटलग्राउण्ड राज्यहरूबाट कम्तिमा ४४ र ट्रम्पलाई ५१ इलेक्टोरल मत चाहिन्छ । न्युयोर्क टाइम्स र सिएना कलेजको पछिल्लो मत सर्वेक्षणले नेक टु नेक प्रतिस्पर्धा देखाएको छ ।

अमेरिकामा राष्ट्रपतिको चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मत ल्याउन आवश्यक हुन्छ भने हरेक राज्यका लागि इलेक्टोरल मतभार फरक फरक तोकिएको हुन्छ । अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ । ५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । अमेरिकामा अधिकांश राज्यमा विगतको इतिहास र पार्टीको प्रभावको आधारमा चुनाव कस्ले जित्छ भन्ने लगभग सुनिश्चित जस्तै नै हुने गर्छ । तर अमेरिकाका केही राज्यहरु त्यस्ता राज्यहरु छन् जसले पटकपटक आफ्नो चुनावी परिणाम बदल्ने गरेका छन् । त्यसैले अमेरिकी राष्ट्रपति चुनाव कस्ले जित्छ भन्ने कुराको निर्धारण यी राज्यहरुको चुनावी परिणाममा निर्भर गर्ने गरेको छ ।

१५ इलेक्टोरल मतभार रहेको मिसिगनमा २०१६ मा ट्रम्पले जितेपनि २०२० मा बाइडेनले जितेका थिए । २०१६ अगाडिका ७ वटा राष्ट्रपति चुनावमा पनि डेमोक्रेटिक पार्टीका उम्मेदबारले नै जितेका थिए । त्यस्तै १९ इलेक्टोरल मतभार रहेको पेन्सिलभेनियामा पनि २०१६ मा ट्रम्पले र २०२० मा बाइडेनले जितेका थिए । तर २०१६ अगाडिका ६ वटा राष्ट्रपति चुनावमा पनि डेमोक्रेटिक पार्टीका उम्मेदबारले नै जितेका थिए । १० इलेक्टोरल भोट रहेको विसकन्सिनमा पनि २०१६ मा ट्रम्पले र २०२० मा बाइडेनले जितेका थिए । तर २०१६ अगाडिका ७ वटा राष्ट्रपति चुनावमा पनि डेमोक्रेटिक पार्टीका उम्मेदबारले नै जितेका थिए ।

नर्थ क्यारोलिनामा सन् २००८ मा एकपटक बराक ओबामाले जितेका थिए, त्योबाहेक १९८० देखिका हरेक चुनावमा रिपब्लिकन राष्ट्रपति उम्मेदबारले जित्दै आएका छन् । अझ यसपटक नर्थ क्यारोलिनाको इलेक्टोरल मतभार १५ बाट बढेर १६ पुगेको छ । डेमोक्रेटिक उम्मेदबारलाई राष्ट्रपति चुनावमा नर्थ क्यारोलिनामा जित्न सहज छैन । त्यस्तै ११ इलेक्टोरल मतभार रहेको एरिजोनामा सन् २०२० मा जो बाइडेनले जितेपनि त्यसअगाडिका ६ वटा राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदबारले लगातार जितेका थिए ।

त्यस्तै १६ इलेक्टोरल मतभार रहेको जर्जियामा सन् २०२० को चुनावमा बाइडेनले जितेपनि त्यसअगाडिका ६ वटा राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदबारले लगातार जितेका थिए । त्यस्तै अर्को राज्य नेभाडामा ६ इलेक्टोरल मतभार रहेको छ । यो राज्यमा पछिल्ला ४ वटा राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदबारले जितेपनि २००२ र २००४ को चुनावमा रिपब्लिकनले जितेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com