न्युयोर्क सिटीमा एकसाताभित्र ५ जना टिनएजरको हत्या, सबै घटनाका हत्यारा फरार


प्रकाशित मिति : कार्तिक १५, २०८१ बिहीबार

न्युयोर्क सिटीमा एक हप्ताभित्र पाँच जना टिनएजरको गोली हानी हत्या गरिएको छ, जसमा पछिल्लो घटना सोमबार राति ब्रोंक्समा भएको थियो । उक्त घटनामा १८ वर्षीय जोशुआ स्प्यारोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्प्यारोलाई साँझ ७ बजेपछि ९६१ रेभ जेयम्स पोलाइट एभिन्यू अगाडि टाउको र छातीमा गोली लागेको अवस्थामा फेला पारिएको थियो। उनलाई तुरुन्तै लिंकन अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषणा गरियो।

आइतबार, १५ वर्षीय ट्रिस्टन स्यान्डर्सको क्राउन हाइट्सको एनवाइचए कम्प्लेक्समा गोली हानी हत्या गरिएको थियो । यसअघि शनिबार, १६ वर्षीय ताएरियन मुङ्गोको फोर्ट ग्रीन आवास परिसरमा गोली हानी हत्या गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार १५ वर्षीय मालाची डेबेरीको इस्ट फ्ल्याटबशमा गोली हानी हत्या गरिएको थियो। त्यसअघि बिहीबार हार्लेममा १६ वर्षीय क्लेरेन्स जोन्सको हत्या गरिएको थियो । प्रहरीका अनुसार यी पाँच घटनामा कुनै पनि गिरफ्तारी भएको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com