गाजामा लडेका इजरायली डिफेन्स फोर्सका भेट्रानहरु नेपालमा हाइकिङ गर्नेक्रम बढ्दो


प्रकाशित मिति : आश्विन २७, २०८१ आईतबार

गाजामा लडेका इजरायली डिफेन्स फोर्सका भेट्रानहरु नेपालमा हाइकिङमा जाने क्रम बढ्दो रहेको छ । घाइते पूर्व इजरायली सिपाहीहरू नेपालको अन्नपूर्ण हिमालमा पदयात्रामा देखिएका हुन् । यस्तै ३० जनाको एउटा समुह नेपालको अन्नपूर्ण हिमाल १० दिनसम्मको पदयात्रा गर्ने योजनामा छ ।

३० जना इजरायली सेनाका भेट्रानहरुमध्ये अधिकांश गाजामा लडाइँमा भएकाहरु हुन् । उनीहरुले महिनौंको उपचारपछि अहिले विभिन्न शारीरिक अपाङ्गताका साथ बाँचिरहेका छन्। इजरायल हमास युद्धको पृष्ठभूमिमा हजारौं इजरायली डिफेन्स फोर्सका सैनिकहरू शारीरिक र मनोवैज्ञानिक रूपमा घाइते छन् । सन् २०२३ को जुलाई यतामात्र यो संख्या लगभग १० हजार छ । घाइतेमध्ये आधा ३० वर्ष मुनिका छन्। २०२४ को अन्त्यसम्ममा मृत्यु हुनेको संख्या १४ हजार पुग्न सक्छ।

यस वर्षको नेपाल पदयात्रा इरेज फाउन्डेसनले आयोजना गरेको आठौं वार्षिक पदयात्रा हो । यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो, जसमा ९७ जना सहभागी छन्। यस वर्षको समूह ठूलो भएकाले विभिन्न समूहहरूमा विभाजित गरिएको थियो ।

३४ जना सहभागीहरू केही दिन अघि नै पदयात्रा गरिसकेका छन् । जसमा छ जना नेपाली गाइडहरू, तीन डाक्टरहरू, एक थेरापिस्ट र साथीहरू वा नजिकका परिवारका सदस्यहरू थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त टोलीले सेप्टेम्बर १८ मा यात्रा थालेको गरेको थियो ।  सेप्टेम्बर २६ को दिन उक्त पदयात्रा सफलतापूर्वक सम्पन्न भएको हो । उक्त टोलीले समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा मनाङमा हुम्दे विमानस्थलसम्म हवाई मार्गबाट यात्रा गरी त्यसपछि पदयात्रा सुरु गरेको थियो ।

यात्राको क्रममा पदयात्रीहरूले मनाङमा २ रात स्थानीय संस्कृति र परिकारको रमाइलो गर्न बिताए । उनीहरूले ५ हजार ४ सय १६ मिटर अग्लो थोरङला पास सफलतापूर्वक पार गरेका थिए ।

प्रत्येक बर्ष अन्नपूर्ण पदयात्रामा जान चाहने शारीरिक अपाङ्गता भएकाहरुको सहभागिता र माग बढ्दै गएको छ। केही सहभागीहरूले अंगविच्छेदन र टाउकोमा चोटहरू सहित गम्भीर चोटहरू सामना गरिरहेका छन्। डिसेम्बरमा भएको विष्फोटबाट गम्भीर घाइते भएका एकजना जसको दाहिने हात र देब्रे खुट्टामा चोट लागेको थियो, उनीपनि पदयात्रामा छन् ।

उनको १३ घण्टा शल्यक्रिया गरिएको थियो। शल्यक्रियाको १० घण्टापछि चिकित्सकले उनको देब्रे खुट्टा काट्नुपर्ने बताएका थिए । तर उनको खुट्टा बचाउने प्रयासका लागि परिवारको जिद्दी पछि थप तीन घण्टाको शल्यक्रिया गरिएको थियो, जसका कारण खुट्टा काट्नुपरेन ।

अन्नपूर्ण पदयात्रा संसारको सबैभन्दा प्रसिद्ध मध्ये एक हो तर सबैभन्दा चुनौतीपूर्ण पनि छ । सन् २०१४ मा हिमपहिरोका कारण इजरायली पदयात्रीहरूको मृत्यु भएको थियो भने अन्य केही दुखद दुर्घटनाहरू समेत भएका छन् । उडान रद्द हुने र समस्याग्रस्त मौसमको सामना गर्नुपर्ने त सामान्य नै हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com