न्युयोर्कका मेयर एरिक आडम्सविरुद्ध अपराधको अभियोगपछि संघीय एजेन्टले मारे निवासमा छापा


प्रकाशित मिति : आश्विन १०, २०८१ बिहीबार

संघीय एजेन्टहरूले बिहीबार बिहान न्युयोर्कका मेयर एरिक आडम्सको आधिकारिक निवासमा छापा मारेका छन् । अभियोजकहरूले उनीविरूद्ध संघीय अभियोगको विवरण सार्वजनिक गर्ने आशा गरिएको केही घण्टा अघि छापा मारिएको हो ।

सन् २०२१ देखि अनुसन्धानकर्ताहरूले मेयर आडम्स र उनको अभियानले गैरकानूनी विदेशी चन्दा प्राप्त गर्न टर्की सरकारसँग मिलेमतो गरेको छ कि छैन भन्नेमा ध्यान केन्द्रित गरेका छन्। साथै मेयर आडम्सले सुरक्षा चिन्ताहरूको बावजुद म्यानह्याटनमा टर्की सरकारको लागि उच्चस्तरीय भवन खोल्न दबाब दिएका हुन् कि होइन भन्ने कुरामा पनि अनुसन्धान भइरहेको छ।

बिहीबार बिहान ६ बजेतिर लगभग दर्जनजति संघीय अधिकारीहरु व्यवसायिक पोशाकमा एसयूभीमा चढेर मेयरको सरकारी निवास ग्रेसी म्यान्सनको प्रवेशद्वारमा पुगेका थिए ।
मेयर आडम्सका कानूनी प्रतिनिधि एलेक्स स्पाइरोले बिहीबार विज्ञप्ति जारी गर्दै एजेन्टहरू मेयरको फोन लिन आएको बताएका छन् ।

संघीय एजेन्टहरू बिहान फेरि एक तमासा सिर्जना गर्न ग्रेसी म्यान्सनमा देखा परेको र मेयर एडम्सको फोन लिन आएको उनले बताएका छन् । मेयर आडम्सलाई गिरफ्तार भने गरिएको छैन । आडम्सले अदालतमा आफ्नो दिनको प्रतीक्षा गरिरहेको तथा फोन लिनको लागि आफूहरु खुशीसाथ बुझाउने भएपनि उनीहरूले एक दर्जन एजेन्ट पठाएको आडम्सका कानूनी प्रतिनिधिले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभियोगपत्र अहिलेसम्म पनि बन्द राखिएको छ भने उनले कस्तो अभियोगहरुको सामना गर्ने सार्वजनिक गरिएको छैन । साथै उनले कहिले अधिकारीहरू समक्ष आत्मसमर्पण गर्नेछन् भन्नेबारे पनि केही बताइएको छैन । संघीय अभियोजकहरूले आज अभियोगको विवरण घोषणा गर्ने अपेक्षा गरिएको छ।

मेयर आडम्सले आफू निर्दोष रहेको दावी गरेका छन् । अभियोग संघीय एजेन्टहरूले मेयर आडम्सका मुख्य चुनावी दाताका घरमा खानतलासी गरेको र म्यानहट्टनमा सार्वजनिक कार्यक्रम पछि मेयरको इलेक्ट्रोनिक उपकरणहरू जफत गरेको एक वर्ष भन्दा कम समयमा आएको हो ।

मेयर र उनका सहयोगीहरूले आफूले अधिकारीहरूसँग समन्वय गरिरहेको बताएका छन् । एरिक आडम्स सन् २०२१ मा न्युयोर्कका ११० मेयर निर्वाचित भएका थिए । उनी राष्ट्रको सबैभन्दा ठूलो शहर न्युयोर्कको नेतृत्व गर्ने दोस्रो अश्वेत व्यक्तिको रूपमा निर्वाचित भएका थिए ।

मेयर आडम्सको भित्री सर्कल संघीय अनुसन्धानले घेरिएको छ । उक्त अनुसन्धानले सिटीका उच्च पदस्थहरूलाई लक्षित गरेको छ। यस महिनाको सुरुमा संघीय एजेन्टहरूले आडम्सका शीर्ष सहयोगी, स्कूलका चान्सलर र प्रहरी आयुक्तलगायत धेरै शीर्ष अधिकारीहरूबाट फोनहरू जफत गरेका थिए । स्कूलका चान्सलर र प्रहरी आयुक्तले पछि राजीनामा दिएका थिए ।

अभियोगले आडम्सको मेयरको रूपमा सेवा गर्ने क्षमताको बारेमा तत्काल प्रश्नहरू खडा गरेको छ भने उनलाई पद छोड्नको लागि बढ्दो दबाब थपिएको छ । उनलाई पदबाट हटाउने अधिकार गभर्नर क्याथी होकुलसँग छ।

धेरै संघीय भ्रष्टाचार अनुसन्धानहरू आडम्स वरपरका शीर्ष व्यक्तिहरूसमक्ष पुगेको छन् । उनको प्रशासनमा केही उच्च पदाधिकारीहरू छानबिनको दायरामा आएका छन्। सघीय अनुसन्धान र अभियोगका कारण अर्को वर्ष उनको पुन निर्वाचित हुने सम्भावना र अन्य राजनीतिक नेताहरूसँग संलग्न हुने क्षमतामा शंका उत्पन्न गरेको छ ।

अभियोगसँगै मेयर आडम्सको राजिनामाको माग चौतर्फी बढेको छ । प्रतिनिधिसभासदस्य अलेक्जान्ड्रिया ओकासियो कोर्टेजदेखि सिटी कम्पट्रोलर बार्ड ल्याण्डरसम्मले राजिनामाको माग गरेका छन् । राज्य सिनेटर जेलनोर मायरीले एडम्सलाई राजीनामा दिन आह्वान गरेका छन् ।  मेयरका लागि चुनावी दौडमा रहेका पूर्व कम्पट्रोलर स्कट एम स्ट्रिङरले पनि एरिक आडसम्लाई राजीनामा दिन आह्वान गरेका छन् । त्यस्तै न्युयोर्क राज्यका सिनेटर जोन लिउ आडम्सलाई तुरुन्तै राजीनामा दिन आग्रह गरेका छन् । राजिनामा माग गर्नेको सुची निकै लामो भइसकेको छ ।

मेयर एरिक एडम्सले हालैका दिनहरूमा आफूले राजीनामा नगर्ने कुरामा जोड दिएका छन्। यदि उनले आफ्नो मन परिवर्तन गरेमा पब्लिक एड्भोकेट जुमाने विलियम्स कार्यवाहक मेयर बन्नेछन् र विशेष चुनावको लागि मिति तय गर्नेछन्।

विलियम्स ब्रुकलिनका एक प्रगतिशील डेमोक्र्याट हुन् । उनले २०१९ मा विशेष चुनाव जितेर पब्लिक एड्भोकेटका रूपमा सेवा गरेका छन्। उनी सन् २०२१ मा पूर्ण कार्यकालका लागि पुन निर्वाचित भएका थिए भने अर्को वर्ष गभर्नरको लागि उम्मेदबारी दिएपनि असफल भएका थिए ।

विलियम्स मेयर आडम्सका कडा आलोचक समेत भएका छन् । उनले मेयरको नीतिविरुद्ध आक्रमण गर्दै र शहरको जेलमा एकान्त कारावास अन्त्य गर्न दबाब दिएका थिए । विलियम्सले पनि संघीय अनुसन्धानको बीचमा मेयर आडम्सको शासन गर्ने क्षमतामा पनि शंका व्यक्त गरेका छन्।

मेयर बनेको तीन दिन भित्र विलियम्सले नयाँ मेयर छनोट गर्न विशेष चुनावको लागि मिति घोषणा गर्नुपर्नेछ । जसअनुशार ९० दिनभित्र निर्वाचन हुनसक्छ । सिटीको नयाँ र्यांक च्वाइस मतदान प्रणाली प्रयोग गरेर नै चुनाव गरिनेछ ।

यसअघि कुनै पनि पब्लिक एड्भोकेट कार्यवाहक मेयर बनेका छैनन् । केवल दुई मेयरले सन् १९५० र १९३२ मा राजीनामा दिएका थिए । दुबैले भ्रष्टाचार काण्ड पछि राजिनामा दिएका थिए । पब्लिक एड्भोकेटको कार्यालय १९९३ मा सिर्जना गरिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com