अमेरिकाको लस एन्जलसमा विहानै सार्वजनिक बस हाइज्याक, एकजनाको मृत्यु, बन्दुककारी नियन्त्रणमा


प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार

time lapse photography of city lights during night time

लस एन्जलसमा बुधबार बिहान एक व्यक्तिले बन्दुक देखाएर सार्वजनिक बस हाइज्याक गरेका अधिकारीहरुले बताएका छन् । केही यात्रुहरू बसमा सवार भएको बेला प्रहरीलाई खबर गरिएको थियो। एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

हाइज्याकका क्रममा लस एन्जलसको डाउनटाउन क्षेत्रमा प्रहरीले कारबाही सुरु गरेको थियो । घटनामा एकजना यात्रुको मृत्यु भएको छ ।

बसका चालकले अगाडि रहेको कल ९११ संकेत बालेपछि प्रहरीले घटनाबारे थाहा पाएको थियो । त्यसपछि बसलाई लस एन्जलस प्रहरीले पछ्याएको थियो । अन्ततः प्रहरीले स्पाइक स्ट्रिप र प्रयोग गरी डाउनटाउन क्षेत्रमा बसलाई रोक्न सफल भएका थिए । सुरक्षा टिमले बसभित्र गएर शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

बस चालकका साथमा बसमा दुई यात्रु थिए । अस्पतालमा पुर्‍याएपछि गोली लागेका एक यात्रुको मृत्यु भएको थियो । अर्का यात्रु सकुशल रहेको जनाइएको छ । बस चालकलाई पनि कुनै चोटपटक लागेको छैन। अपहरणकारपछि बस चालकले बस एक घण्टासम्म हाँक्न बाध्य भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनाबारे लस एन्जलस प्रहरीले अनुसन्धान गरिरहेको छ। बुधबार बिहानको भिडियोमा प्रहरी अफिसरहरू र प्रहरीका गाडीहरू एउटा बसको वरिपरि रहेको र बसको अगाडिको सिटमा बसिरहेको व्यक्तिले हात उठाएको देखिएको छ।

यसअघि मार्च महिनामा पनि लस एन्जलसमा एक व्यक्तिलाई बस अपहरण गरेको आरोपमा पक्राउ गरिएको थियो। अनाइ लिन्डसे नाम गरेका ती व्यक्तिले बसका चालकलाई बन्दुक भएको धम्की दिएर अपहरण गरेका थिए। उक्त बस केही गाडी र एउटा होटलमा ठोक्किँदा एक व्यक्ति घाइते भएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com