जर्जियाको हार्ट्सफिल्ड ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलको टार्माकमा डेल्टा विमान एन्डेभर एयरको उडानसँग ठोक्किएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। एन्डेभर एयर पनि डेल्टाकै सहायक कम्पनी हो।
बिहान १० बजे लगत्तै डेल्टा एयर लाइन्सको फ्लाइट २९५ टोकियोप्रस्थानको लागि उडानको तयारीमा थियो । त्यही क्रममा यसको पखेटा लुजियाना जान लागेको एन्डेभर एयर फ्लाइट ५५२६ को पुच्छरमा ठोक्किएको अधिकारीहरुले बताएका छन् । दुर्घटना हुँदा विमानहरू वैकल्पिक ट्याक्सीवेमा रहेको डेल्टाले बताएको छ ।
टोकियो जान लागेको उडानमा २२१ यात्रु सवार थिए भने लुजियानाको उडानमा ५६ जना सवार थिए। हार्ट्सफिल्ड ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ताका अनुशार कसैलाई पनि कुनै चोटपटक लागेको छैन।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
तस्बिर र भिडियोमा यात्रुहरू क्षतिग्रस्त डेल्टा उडानबाट झर्दै गरेको देखिएको छ । लुजियाना जान लागेको उडान डेल्टाको फ्लीटमा सबैभन्दा सानो विमानहरू मध्ये एक हो भने जपान जान लागेको विमान सबैभन्दा ठूलो हो । घटनापछि सबै यात्रुहरूलाई नयाँ उडानहरूमा समायोजन गरिएको डेल्टाले बताएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।