ट्रम्प र ह्यारिस आज आमने सामने हुँदै, यस्ता छन् आज राती हुने बहसका नियमहरु


प्रकाशित मिति : भाद्र २५, २०८१ मंगलबार

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसले आफ्नो पहिलो बहसको लागि मंगलबार फिलाडेल्फियाको राष्ट्रिय संविधान केन्द्रमा भेट्ने भएका छन् जसले राष्ट्रपतिका लागि बाँकी चुनावी अभियानलाई प्रभावित पार्नसक्नेछ । न्युयोर्क समय अनुशार राति ९ बजेबाट सुरु हुने बहस एबीसी न्युजले आयोजना गर्दैछ ।

बहसका नियमहरू अनुसार त्यहाँ कुनै प्रत्यक्ष दर्शक र कुनै सुरुवाती बयानहरू हुनेछैनन्। दुई उम्मेदवारहरूले समापन बयानहरू दिन दुई मिनेट भन्दा कम समय पाउनेछन्।
ह्यारिस र ट्रम्पले एकअर्कालाई प्रश्न सोध्न सक्ने छैनन्। केवल मध्यस्थकर्ताहरू एबीसीका डेभिड मुर र लिन्से डेभिसलाईमात्र प्रश्नहरू सोध्न अनुमति छ।

एपी फोटो / कार्लोस ओसोरियो

बहस ९० मिनेटको हुनेछ भने दुई व्यावसायिक ब्रेकहरू हुनेछन् । उम्मेदवारहरूसँग प्रश्नहरूको जवाफ दिन दुई मिनेट, खण्डनका लागि दुई मिनेट र फलोअप तथा स्पष्टीकरणका लागि थप एक मिनेट हुनेछ। ह्यारिसको अभियानले एकजना उम्मेदवार बोलिरहेको बेलामा अर्को उम्मेदारको माइक्रोफोनहरू म्युट राख्न सहमति दिएको छ ।

पोडियम प्लेसमेन्ट र अन्तिम बयानको क्रम निर्धारण गर्न एक सिक्का फ्लिप गरिएको छ । ट्रम्पले भर्चुअल सिक्का टस जितेका छन् । उनले अन्तिम समापन बयान प्रस्ताव गर्ने निर्णय गरेका छन् । ह्यारिसले स्टेजको बायाँतिर अर्थात् आफ्नो दायाँतिरको पोजिशन रोजेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एपी फोटो / ज्याकलिन मार्टिन

उम्मेदवारहरू बहसको अवधि भर आफ्नो पोडियमका पछाडिमात्र उभिनेछन् । ट्रम्प र हिलारी क्लिन्टन बीच २०१६ को बहसमा ट्रम्पले आफ्नो स्थान छाडेर क्लिन्टनको नजिकै पुगेका थिए । यो बहसमा त्यसो गर्न पाइनेछैन ।

उम्मेदवारहरूलाई स्टेजमा पूर्वलिखित नोटहरू लैजान अनुमति छैन । उनीहरूले विषयहरू वा प्रश्नहरू अग्रिम प्राप्त गर्ने छैनन्। एबीसीले अन्य टेलिभिजन नेटवर्कहरूलाई बहस प्रशारण गर्न अनुमति दिइरहेको छ। यो बहसमा ह्यारिस र ट्रम्प पहिलोपटक आमनेसामने भेट्दैछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com