कमला ह्यारिसद्वारा नयाँ साना व्यवसायलाई ५० हजार डलरसम्मको ट्रयाक्स ब्रेक दिने प्रस्ताव


प्रकाशित मिति : भाद्र १९, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति उम्मेदबार कमला ह्यारिसले नयाँ साना व्यवसायलाई ५० हजार डलरसम्मको ट्रयाक्स ब्रेक दिने प्रस्ताव सार्वजनिक गरेकी छिन् । ह्यारिसले बुधवार प्रस्ताव गरेका नीतिहरू अमेरिकाभरि साना व्यवसायहरू सिर्जना गर्न मद्दत गर्नका लागि घोषणा गरिएका हुन् ।

उनले साना व्यवसाय कर क्रेडिट ५ हजार डलरबाट ५० हजार डलर बनाएर दस गुणा विस्तार गर्न चाहेको घोषणा गरेकी छिन् । उनको नीतिले नयाँ व्यवसायलाई ४० हजार डलरको औसत लागत कभर गर्न मद्दत गर्नेछ । अर्थात् अमेरिकामा नयाँ व्यवसायको औषत लागत खर्च ४० हजार डलर रहेको छ ।

उनले आफ्नो पहिलो कार्यकालमा २५ मिलियन नयाँ साना व्यवसाय आवेदनहरू प्राप्त गर्ने लक्ष्य पनि तय गरिरहेकी छिन्, जुन प्रशासन अन्तर्गत दायर गरिएका १९ मिलियन नयाँ साना व्यवसायभन्दा माथि हो ।

राष्ट्रपतिका रुपमा आफ्नो उच्च प्राथमिकताहरू मध्ये एक अमेरिकाका साना व्यवसायहरूलाई सुदृढ पार्नु रहेको ह्यारिसले बुधवार बताइन् । नयाँ साना व्यवसायहरूको संख्या बढाउनुको अतिरिक्त अवस्थित कम्पनीहरूलाई विस्तार गर्न सजिलो बनाउने समेत उनले लक्ष्य राखेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कमला ह्यारिस पेन्सिलभेनियामा  प्रचार र्‍यालीमा बोल्दै। (ब्रेन्डन स्मिआलोस्की / एएफपी)

ह्यारिसले १ मिलियनभन्दा बढी कमाउनेहरुका लागि २८ प्रतिशत पुँजीगत लाभ कर दरको प्रस्ताव गरेकी छिन् । बाइडेनले आर्थिक बर्ष २०२५ को बजेट प्रस्तावमा यो दर ३९ दशमलव ६ तोकेका छन् । हाल यो दर २३ दशमलव ८ प्रतिशत रहेको छ ।

ह्यारिसले उद्यमीहरूलाई सफल हुन गाह्रो बनाउन सक्ने केही वित्तीय अवरोधहरू हटाएर व्यवसायहरु बढाउन सजिलो बनाउने लक्ष्य राखेकी छिन्। ह्यारिसको कर कटौती प्रस्तावले नयाँ व्यवसायहरूलाई आफ्नो कर बिल घटाउनेगरी क्रेडिट दाबी गर्न नाफा नभएसम्म पर्खन समय दिनेछ ।

ह्यारिसले साना व्यवसायका लागि मानक कटौतीको विकास गरेर कम्पनीहरूलाई व्यवसायिक इजाजतपत्र प्राप्त गर्न सजिलो बनाउने र राज्य तथा स्थानीय सरकारहरूलाई साना व्यवसायहरूको बृद्धिविकाशलाई हानि पुर्‍याउन सक्ने नियमहरू खुकुलो बनाउन प्रोत्साहन गर्ने प्रस्ताव राखेका छन्।

अमेरिकामा ३३ मिलियन साना व्यवसायहरूले सबै निजी क्षेत्रका कर्मचारीहरूमध्ये ४६ प्रतिशतलाई रोजगारी दिदै आएका छन् । सन् २०१९ यता थपिएका नयाँ रोजगारीमा ७० प्रतिशत साना व्यवसायले प्रदान गरेका रोजगारीहरु थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com