‘चुनाव हारेपनि काम गर्न मलाई कसैले हातखुट्टा बाँध्न सक्दैन’ : लोक तिवारी


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

लोक तिवारीले अमेरिकाबाट एनआरएन आईसीसीको सदस्य उम्मेदवारी दिनुभएको थियो । तर निर्वाचित हुन सक्नुभएन । अमेरिकाको मेरिल्याण्ड निवासी अमेरिका र नेपालमा विभिन्न व्यवसाय र सामाजिक सेवामा सकृय तिवारीले चुनावमा ४ हजार ९ सय ७० मत ल्याउनुभएको थियो । तिवारी एनआएन आन्दोलनमा लामोसमयदेखि सकृय रहदै आउनुभएको छ भने एनआरएन अमेरिकाको २०१३ देखि २०१५ को कार्यकालमा बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्थ्यो । एनआरएनए अमेरिका स्थापना कालदेखि नै विभिन्न चरण पार गर्दै धेरै बर्षसम्म कनिकुथी जीवन्त रहेको अवस्थामा सन् २०१३ देखि २०१५ सम्मको कार्यकाललाई एनआरएनए एनसीसी अमेरिकाको स्वर्णिम कालको रुपमा आज पनि स्मरण गरिन्छ । त्यसपछि २०१५ देखि २०१७ को कार्यकालमा कुनै पदमा उम्मेदवारी नदिएका तिवारी त्यो अवधिमा आईसीसी अन्तर्गत रहेका फरेन इम्प्लोइमेन्ट रिलिफ फण्ड टास्क फोर्सको को चेयरका रुपमारुपमा हुनुहुन्थ्यो । सन् २०१५ को नोभेम्बर २४ भित्र सम्पूर्ण हस्तलिखित नेपाली राहदानी लाई एमआरपी बनाइसक्नुपर्ने अवस्थामा नेपाली दुताबासमा भएको सिमित स्रोत र साधनले छोटो समयमा ती धेरै राहदानी बनाउने सम्भावना नहुँदा तत्कालिन एनआरएन समितिले विभिन्न राज्यमा सहजकर्ता राखेर राहदानी बनाउने कार्यलाई पारेको थियो । उक्त सहजकर्ताको संयोजन तिवारीले गर्नुभएको थियो । त्यसैगरी तत्कालिन एनआरएन अमेरिकाको विधानलाईसंशोधन गरी सबैका लागि अनुकुल विधान बनाउनुपर्ने र राज्य समिति गठन गर्नु पर्ने चुनौती पार गर्ने ऐतिहासिक एजीएम मेरिल्याण्डमा सम्पन्न गर्दा त्यो एजीएमको संयोजन पनि तिवारीले गर्नुभएको थियो । उनै तिवारीसँग खसोखासको सम्बाद ।

 

एनआरएन अमेरिकाको तर्फबाट आईसीसी सदस्यमा निर्वाचित हुन नसकेको सन्दर्भमा के भन्नुहुन्छ ?

निर्वाचनमा विजय र पराजय दुईवटा पाटा हुन् । त्यसमा एउटा पाटा अर्कोतिर फर्केकोमात्र हो । जीवनका हरेक क्षणमा राम्रो भन्दा राम्रो हुनका लागि मिहिनेत गर्न जरुरी छ । विशेषगरी अर्काको मन जितेर, तुलनात्मक रुपमा को भन्दा को राम्रो भनेर कसीमा खरो उत्रन एकनम्बर सुन हुन जरुरी छ । अहिलेको चुनावमा म कतै एक नम्बर सुन हुन नसकेको त होइन भन्ने मेरो भावना हो । अरुलाई भोट दिएनन् भन्नुभन्दा आफूमा निखार ल्याउन जरुरी छ । जसले ४ हजार ९ सय ७० भोट दिनुभयो उहाँहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । मलाई भोट नदिनेहरुको मन जित्न प्रयास गर्नेछु । म पराजय भएपनि आईसीसीमा जित्नुभएका अरु साथीहरुले जत्तिकै काम गर्नेछु । मलाई भोट दिनेहरुलाई पछुतो हुने काम गर्नेछैन । मैले काम निरन्तर गर्नेछु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जालझेल नभए पो मन जित्ने कुरा हो । निर्वाचनमा जालझेल भएको अवस्थामा मन जितेरमात्र कसरी हुन्छ ?

पहिले द्रब्य शाहका पालामा लिगलिगकोटमा दौडेर जित्ने चलन थियो । अहिले प्रजातान्त्रिक युगमा चुनाव गर्ने चलन आएको छ । एनआरएन अमेरिकाको स्थीति अहिलेसम्म लिगलिगकोटको जस्तै जस्तै हो । कालान्तरमा यो पूर्ण प्रजातान्त्रिक हुनेछ । एनआरएन अमेरिकाको यो तेश्रो चुनाव हो । यसमा अहिले अलिअलि भागदौड, घुसापेठी, जालझेल भएपनि खारिदै गएपछि सबै ठीक हुन्छ । यो पनि एउटा प्रकृयामा पर्छ । कसैले सामाजिक संस्थामा पदमा गएर समाजसेवा गर्न र निशुल्क काम गर्न पनि जालझेल गरेर जितेर गर्छु भन्छ भने दिनुपर्छ । कतै लाभको पदमा जाने भए पो जालझेल गरेर गएकोले भ्रष्टाचार गर्ला भन्नु । तर आफ्नै खर्च गर्नुपर्ने पदमा जानपनि जालझेल गरेर आउनुले त समाजसेवामा कति उद्दत रहेछन् भन्ने देखाउछ । सामाजिक काम गर्न जालझेलै गरेर आएपनि राम्ररी काम गर्न सके राम्रै हुन्छ ।

तपाई लामो समयदेखि एनआरएन आन्दोलनमा सकृय हुनुहुन्छ । तर जित्ने कतिपय त तपाई जत्तिको पनि सकृय छैनन् नि ?

जनमतको त कदर गर्नै पर्यो नि । त्यसैले जसजसले जित्नुभयो उहाँहरुलाई बधाई छ । तर जित्दा उहाँहरुले बिर्सनुभएन कि उहाँप्रति त्यत्तिकै जिम्मेबारी छ । त्यसलाई उहाँहरुले बहन गर्नुपर्छ ।

अबको दिनमा एनआरएन आन्दोलनमा कसरी सकृय हुनुहुनेछ ?

काम गर्ने बाटाहरु जतिपनि छन् । म आईसीसीमा चुनाव नजित्दा बोर्डको बैठकमा मात्र भाग लिन नपाउने हो, अरु गतिविधि गर्न कसैले रोक्न सक्दैन । रोक्नेवाला पनि छैन । बोर्डको बैठकमा उपस्थीति नभएपनि भवन बनाउने, सामाजिक सेवा गर्ने, विद्यार्थी पढाउने, लाइब्रेरी बनाउने जस्ता कामका लागि कसैले मेरो हातखुट्टा बाँधेको छैन । त्यसका लागि म निरन्तर लाग्नेछु । एनआरएन बलियो बनाउन म सधै लाग्नेछु । अहिले पनि एनआरएन अमेरिकाको चुनाव नहुने अवस्थामा चुनाव गराउन मैले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भूमिका खेलेको थिएँ । त्यो धेरै साथीहरुलाई थाहा छ । मेरो भूमिका सकारात्मक नै हुनेछ । संस्थालाई बलियो र दिगो बनाउनेमा नै मेरो सद्भाव हुन्छ । एकजुट र बलियो एनआरएन बनाउन म दत्तचित्त भएर लाग्छु ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com