क्यालिफोर्नियामा आलोचनात्मक लेख लेखेका पत्रकारको हत्यामा सरकारी अधिकारी दोषी ठहर


प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार

आफ्नाबारेमा आलोचनात्मक लेख लेखेका कारण पत्रकारलाई उनकै घर बाहिर छुरा प्रहार गरी हत्या गरेको घटनामा एकजना पूर्व सरकारी अधिकारी दोषी ठहर भएका छन् । सन् २०२२ मा भएका उक्त असामान्य हत्याले प्रेस स्वतन्त्रताको बारेमा डर पैदा गरेको थियो। लस भेगास काउन्टीका एक पूर्व अधिकारीलाई बुधवार पत्रकारको हत्या गरेकोमा दोषी ठहर गरिएको हो ।

सन् २०२२ को सेप्टेम्बरमा पत्रकार जेफ जर्मनलाई आफ्नै घर बाहिर छुरा प्रहार गरी हत्या गरिएको थियो। प्रहरी अनुसन्धानकर्ताहरु र क्लार्क काउन्टी जूरीले हत्यारा रोबर्ट टेल्स रहेको निष्कर्ष निकालेको छ । रोबर्ट टेल्स उत्तराधिकारी नभएका मृतकको सम्पत्ति ह्यान्डल गर्ने काउन्टी कार्यालयमा कार्यरत थिए ।

आफ्नो हत्याको केही महिना अघि पत्रकार जर्मनले द लस भेगास रिभ्यु जर्नलको लागि एउटा लेख लेखेका थिए जसमा कर्मचारीहरूको गुनासोहरू वर्णन गर्दै टेल्सले कार्यस्थलमा खराब वातावरण सिर्जना गरेको, पक्षपात प्रदर्शन गरेको र कर्मचारी सदस्यसँग अनुचित सम्बन्ध राखेको उल्लेख गरिएको थियो । टेल्सले ती आरोपहरू अस्वीकार गरेका थिए । लेख बाहिर आएको एक महिना पछि उनले अर्को कार्यकालका लागि चुनाव हारेका थिए । जर्मनले भने यसबारे लगातार रिपोर्टिङ गरिरहे।

पत्रकार जेफ जर्मन

अभियोजकहरूका अनुशार टेल्स सेप्टेम्बरको तातो दिनमा पत्रकार जर्मनको घरमा गएर घरको छेउमा रहेका झाडीहरूमा लुकेका थिए । उनले जर्मनलाई पर्खिएर आउनासाथ छुरा प्रहार गरेका थिए । टेल्सलाई पहिलो डिग्रीमा हत्यामा दोषी ठहराइएको छ । उनलाई २० वर्षपछि परोलको सम्भावनासहित आजीवन कारावासको सजाय सुनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभियोजन पक्षले पत्रकार जर्मनको हातमा भेटिएको डीएनए टेल्सको हातसँग मेल खाएको ठहर गरेको थियो । पुलिसले आक्रमणकारीको सुरक्षा फुटेज बरामद गरेको थियो, जसमा टेल्सको घरमा भएका मिल्दो वस्तुहरू फेला पारेको थियो। भिडियो फुटेजले हत्याको दिन पत्रकार जर्मनको घर र टेल्सको छिमेकको बीचमा यात्रा गरिरहेको कार देखाएको थियो ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले सन् १९९२ देखि अमेरिकामा आफ्नो कामको सिलसिलामा १५ जना सञ्चारकर्मी मारिएको जनाएको छ । जसमा सन् २०१८ मा अन्नापोलिसमा मारिएका पाँच जनालाई पनि समावेश गरिएको छ। पत्रकार जर्मन आफ्नो जन्मस्थान विस्कन्सिनबाट लस भेगासमा सरेका थिए किनभने उनी संगठित अपराधलाई कभर गर्न चाहन्थे । उनले चार दशकभन्दा बढी समयसम्म मोबस्टरहरू, निर्वाचित अधिकारीहरू र क्यासिनो टाइटनहरूको छानबिन गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com