इजरायलसंग हनिया हत्याको बदला कुनैपनि बेला लिनसक्ने इरानको चेतावनी


प्रकाशित मिति : भाद्र ८, २०८१ शनिबार

इरानका विदेशमन्त्री सैयद अब्बास अराग्चीले हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याप्रति देशको प्रतिक्रिया ‘विचारपूर्वक, सटीक र व्यवस्थित’ हुने बताउनुभएको छ ।

उहाँले आफ्ना जर्मन, फ्रान्सेली र बेलायती समकक्षीहरूसँगको फोन कुराकानीमा उक्त कुरा बताउनुभएको हो ।

इरानी अधिकारीहरूले हानियाको हत्या गर्ने इजरायलको कारबाहीबारे समीक्षा गरिरहेको उहाँले बताउनुभयो ।

हानियाको हत्याका लागि इजरायललाई सजाय दिने इरानको अधिकारलाई जोड दिँदै अराग्चीले भन्नुभयो इरानको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताविरुद्ध इजरायलको आक्रमणको तेहरानले निश्चित रूपमा जवाफ दिनेछ र यो जवाफ उचित र व्यवस्थित हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी बदला लिइनेछ उहाँले भन्नुभयो ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा भाग लिन इरान पुगेका हानियाको तेहरानस्थित निवासमा गत जुलाई ३१ मा भएको आक्रमणमा हनिया र उहाँका अङ्गरक्षकसहितको मृत्यु भएको थियो ।

इरानले आक्रमणको लागि इजरायल जिम्मेवार रहेको ठहर गरेको छ । इजरायलले आक्रमणमा आफ्नो संलग्नताको पुष्टि वा खण्डन गरेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com