डेमोक्र्याटिक नेशनल कन्भेन्सन शिकागोमा सुरु, यसरी हेर्नुहोस् लाइभ


प्रकाशित मिति : भाद्र ३, २०८१ सोमबार

डेमोक्र्याटिक नेशनल कन्भेन्सन शिकागोमा सुरु भएको छ । राष्ट्रपति जो बाइडेन र हिलारी क्लिन्टनले सम्मेलनमा भाषण गर्ने तय भएको छ भने राष्ट्रपति जो बाइडेनले प्राइम टाइम सम्बोधन गर्ने भएका छन् ।

कमला ह्यारिसले गत महिना बाइडेनबाट टिकट लिएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बिरूद्धको दौडलाई रूपान्तरण गरिसकेकी छिन् । शिकागोमा उत्साहजनक र उत्सवमूलक भेला डेमोक्र्याटहरूका लागि बाइडेनको तुलनामा एकदमै फरक हो ।

यो हप्ता पार्टी र ह्यारिसका लागि पनि परीक्षाको घडी हो । किनभने यसले ह्यारिसले गाजामा युद्ध लगायतका मुद्दाहरूमा विभाजन भए पनि आफ्नो उम्मेदवारी र आफ्नो पार्टीलाई एकताबद्ध राख्ने प्रयासको संकेत दिनेछ । आयोजकहरूले साँझ साढे ६ बजे अधिवेशन सुरु गर्ने तयारी गरेपछि हजारौं प्रदर्शनकारीहरू युनाइटेड सेन्टरतर्फ लागेका थिए ।

दोस्रो कार्यकालका लागि उम्मेदबारी नखोज्ने यस अगाडिका राष्ट्रपति लिन्डन बी जोन्सन सन् १९६८ मा पार्टीको अधिवेशनमा सहभागी भएका थिएनन् । उक्त अधिवेशन पनि शिकागोमा नै भएको थियो । यसको विपरित बाइडेनले भने आज राती बोल्नेछन् जुन राष्ट्रिय मञ्चमा उनको अन्तिम ठूलो क्षणहरू मध्ये एक हुन सक्छ। यो पार्टीका लागि बाइडेनलाई सम्मान गर्ने र प्रारम्भिक विदाई सम्बोधनमा उनलाई मौका दिने अवसर हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले पछि हटेर ह्यारिसलाई समर्थन गरेको एक महिना भन्दा कम समयमा भएको अधिवेशनमा ह्यारिसलाई भविश्यमा कस्तो हुनेछिन् आफ्नोबारे परिचय दिने मौका हुनेछ । हिलारी क्लिन्टनको भाषणलाई पनि उत्सुकताका साथ हेरिएको छ । २०१६ मा डोनाल्ड ट्रम्पले पहिलो महिला राष्ट्रपति बन्नबाट हिलारीलाई रोकेका थिए । अब यो ह्यारिसले तोड्न खोजिरहेकी छिन् । सोमबारका लागि निर्धारित अन्य वक्ताहरूमा न्यूयोर्ककी सांसद अलेक्जान्ड्रिया ओकासियो कोर्टेज र युनाइटेड अटोमोबाइल वर्कर्सका अध्यक्ष शान फाइन जस्ता प्रभावशाली युनियन नेताहरू सामेल छन्।

अधिवेशन यहाँ लाइभ हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com