कमला ह्यारिसले रोजिन् मिनेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपति उम्मेदबार


प्रकाशित मिति : श्रावण २२, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो उपराष्ट्रपति उम्मेदबारका रूपमा रोजेकी छिन् । यद्यपि औपचारिक घोषणा भने भइसकेको छैन। वाल्जलाई छनोट भएकोबारे सूचित गरिसकिएको छ भने उनले प्रस्तावलाई स्वीकार गरिसकेका छन् ।

उदार नीतिहरूका कारण चर्चामा आएका ६० बर्षीय वाल्जको उम्मेदबारीले अमेरिकाको मध्यपश्चिम क्षेत्रमा स्पटलाइट बदलेको छ। वाल्ज एक पूर्व शिक्षाविद्, संसद सदस्य र आर्मी नेशनल गार्डमा सेवा गरेका व्यक्ति समेत हुन् । ह्यारिस र वाल्ज आज फिलाडेल्फियामा आफ्नो पहिलो संयुक्त कार्यक्रममा सँगै देखा पर्नेछन् ।

कमला ह्यारिस एन्ड्रयूज एयर फोर्समा  (केभिन लामार्क/एपी मार्फत पूल)

गभर्नरको रूपमा वाल्जको कार्यकारी अनुभव र भुक्तान बिदा, बन्दुक नियन्त्रण, प्रजनन अधिकार, र निशुल्क विद्यालय खाजा लगायतमा नीतिगत अडानहरुका कारण ह्यारिसले उनलाई उपराष्ट्रपति उम्मेदबार छान्न चाहेकी थिइन् । वाल्जलाई मध्यपश्चिमी ब्याटलग्राउण्ड राज्यहरूमा मतदाताहरूलाई अपील गर्ने एक सशक्त उम्मेदबारका रुपमा हेरिएको छ ।

क्यापिटल हिलमा वाल्जको चयनको लागि व्यापक उत्साह देखिएको छ। किनभने वाल्जलाई प्रगतिशील नीतिहरूको च्याम्पियनको रूपमा हेरिन्छ । संसदमा हुँदा वाल्जले २००७ देखि २०१९ सम्म मिनेसोटाको पहिलो कंग्रेसनल डिस्ट्रिक्टको प्रतिनिधित्व गरेका थिए । सन् २०१६ मा डोनाल्ड ट्रम्पले १५ अंकले जिल्ला जित्दा पनि उनले संसदमा चुनाव जितेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com