न्युयोर्क सिटीमा आफ्नो जग्गामा रहेको एउटा रुख काट्ने व्यक्तिलाई २ लाख ३० हजार डलर जरिवाना


प्रकाशित मिति : श्रावण १८, २०८१ शुक्रबार

न्युयोर्क सिटीको ब्रूकलिनमा बस्ने एक व्यक्तिले आफ्नो जग्गामा रहेको एउटा रुख काट्दा २ लाख ३० हजार डलर जरिवाना तिर्नुपरेको छ । थिओडोर ट्राक्टेनबर्ग नामका व्यक्तिले आफ्नो जग्गाको खाली ठाउँमा रहेको दुर्लभ ननडेस्क्रिप्ट प्रजातिको रुख काटेका थिए ।

जरिवानाविरुद्ध ती व्यक्तिले मुद्दा हाल्न लागेको जनाइएको छ । पार्क विभागले पैसा कमाउनका लागि यो जरिवाना तोकेको उनका वकिलले आरोप लगाएका छन् । पार्क विभागले उक्त रूख नरोपेको तथा उक्त रूखका लागि कहिल्यै काम नगरेको, हेरचाह पनि नगरेको मुद्दामा दावी गरिएको छ ।

सरकारले उक्त रुख सरकारको रहेको दावी गर्न खोजिरहेको छ । सेन्ट जोन्स प्लेस र क्लासन एभिन्यूमा नयाँ आवासीय भवन बनाउने क्रममा सिटीको पार्क विभागका अधिकारीले रूखहरू क्षतिग्रस्त भएको पाएका थिए । त्यसपछि ट्राक्टेनबर्गलाई कुल २ लाख ३० हजार डलर जरिवाना जारी गरिएको थियो ।

उक्त रुख लगभग ४० वर्षअघि सिटीले नै रोपेको तथा त्यतीबेला खाली ठाउँ सार्वजनिक रहेको पार्क विभागको दावी छ । सामान्यतया फुटपाथमा जब सरकारी स्वामित्वमा रहेको रुख क्षतिग्रस्त हुन्छ, जिम्मेवार पक्षले रूखको ट्रंकको व्यास गणना गरिएको तरिवाना शुल्क तिर्नुपर्छ । उक्त रकम सिटीमा नयाँ रूखहरू रोप्नमा खर्च गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१० युनिट रहेको ६ तले भवनको लागि बाटो बनाउनको लागि आफ्नै सम्पत्तिमा रहेको रूख काट्दा यो समस्या आएको हो । भवनको माथिल्लो तलाको तीन बेडरूम युनिट हाल ५ हजार ४ सय डलरको मासिक भाडा मूल्यको लागि सूचीबद्ध छ।

सन् १९७९ मा अघिल्लो मालिकले घरको मोर्गेज तिर्न नसकेपछि सिटीले उक्त जग्गाको स्वामित्व लिएको थियो। उक्त जग्गा निजी स्वामित्वमा पुन प्रवेश गर्नु अघि त्यहाँको एउटा भवनमा आगलागी भएको थियो । त्यसपछि सिटीको आवास विभागले उक्त भवन भत्काउन आदेश दिएको थियो, जसले पछि चेन लिङ्क बार खडा गरेको थियो । त्यसपछि उक्त रूख बढेको जनाइएको छ ।

हालको मालिकले यसलाई १९९९ मा खरिद गरेदेखि अपार्टमेन्ट एकाइ निर्माण हुनु अघि यो निजी पार्किङको रूपमा रहेको थियो । तर मालिकले आफ्नो जरिवाना नतिरेमा उनलाई आफ्नो भवनको लागि अन्तिम साइन अफ प्राप्त गर्नबाट रोक लाग्नसक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com