अमेरिकामा धेरै डार्क चकलेट उत्पादनहरूमा क्यान्सरजन्य घातक धातुहरू फेला


प्रकाशित मिति : श्रावण १६, २०८१ बुधबार

chocolate bar on white surface

एउटा नयाँ अध्ययनले अमेरिकामा धेरै डार्क चकलेट उत्पादनहरूमा लेड र क्याडमियम नामका दुई अत्यधिक विषाक्त धातुहरू भएको पत्ता लगाएको छ। जर्ज वाशिंगटन विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अध्ययन फ्रन्टियर्स इन न्यूट्रिशन जर्नलमा प्रकाशित भएको छ ।

अमेजन, जीएनसी र होल फूड्स जस्ता स्टोरहरूमा बेचिने भन्दा बढी डार्क चकलेट उत्पादनहरू विषाक्त धातु परीक्षण गर्न खरीद गरिएको थियो, यद्यपि उत्पादनहरू वा उत्पादकहरूको नाम अध्ययनमा खुलासा गरिएको थिएन। नमूनाहरू सन् २०१४ देखि २०२२ सम्म आठ वर्षको अवधिमा संकलन गरिएको थियो।

अध्ययनले पत्ता लगाए अनुशार परीक्षण गरिएका उत्पादनहरू मध्ये ४३ प्रतिशतमा लेडको स्तर घातक तहमा पाइएको थियो भने ३५ प्रतिशतमा क्याडमियमको स्तर घातक तहमा पाइएको थियो । क्यालिफोर्नियामा खाद्यमा भारी धातुहरूको लागि कानुनी सीमामा आधारित रहेर हेर्दा धातुको स्तर उक्त सीमाभन्दा माथि पाइएको हो ।

a couple of pieces of chocolate sitting on top of a table

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नमूनाहरूमा हरेक दिने खाने डार्क चकलेटको मात्रामा लेडको स्तर शून्यदेखि ३ दशमलव ३१६ माइक्रोग्रामसम्म फेला पारिएको थियो । क्यालिफोर्निया दिशानिर्देशहरू अनुसार हरेक दिने खाने डार्क चकलेटको मात्रामा लेडको स्तर शुन्य दशमलव ५ माइक्रोग्राम भन्दा अधिक हुनु हुँदैन । त्यस्तै क्याडमियम स्तरपनि ४ दशमलव १ माइक्रोग्रामभन्दा बढी हुन नहुनेमा १४ दशमलव १२ माइक्रोग्रामसम्म पाइएको थियो ।

खाद्यान्नमा लेडको कुनैपनि मात्रा सुरक्षित हुँदैन । क्याडमियम एक अत्यधिक विषाक्त धातु हो जसको जोखिम क्यान्सरसँग जोडिएको छ । साथै हृदय, मृगौला, ग्यास्ट्रोइंटेस्टाइनल, न्यूरोलोजिकल, प्रजनन र श्वासप्रश्वास प्रणालीमा असर गर्दछ ।

यी उत्पादनहरू आर्सेनिकको लागि पनि परीक्षण गरिएको थियो, तर आर्सेनिकभने कानुनी सीमाभन्दा माथि पाइएन । अन्वेषकहरूले अर्गानिक उत्पादनहरूमा अझै धेरै धातुका स्तरहरू पनि फेला पारेका छन् । तर तिनीहरूले चकलेट उत्पादनहरूमा धातु प्रदूषण कसरी भयो भनेर निर्धारण गरेनन्। क्याडमियम माटोबाट आएको आशंका गरिन्छ भने लेड सुकाउने, प्रशोधन वा प्याकेजिङ मार्फत उत्पादनहरूमा आएको विश्वास गरिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com