अमेरिकामा कामदारलाई ओभरटाइम नतिर्ने रेष्टुरेण्टलाई ५ लाख डलर जरिवाना


प्रकाशित मिति : श्रावण १४, २०८१ सोमबार

three round gold-colored coins on 100 US dollar banknotes

अमेरिकाको लस भेगासमा कामदारलाई ओभरटाइम नतिर्ने रेष्टुरेण्टलाई ५ लाख डलर जरिवाना गरिएको छ । हुआन फ्लेमिङ फजिटास र क्यान्टिना रेस्टुरेन्टका मालिकलाई श्रम उल्लंघनको लागि करिब ५ लाख डलर जरिवाना गरिएको डिपार्टमेन्ट अफ लेबरले जनाएको छ ।

डिपार्टमेन्ट अफ लेबरका अनुशार रेस्टुरेन्टले अनुचित रूपमा कामदारको ओभरटाइम तलब रोकेको थियो भने दुई कर्मचारीहरूलाई गलत तरिकाले ओभरटाइम तलब दिएको थिएन । ती दुवै गतिविधिले निष्पक्ष श्रम र मानक ऐन उल्लङ्घन गरेका थिए ।

हुअन फ्लेमिङ फजिटास र क्यान्टिना नामका रेष्टुरेण्टहरु तीन स्थामा रहेका छन् । जसमध्ये २ वटा लस भेगासमा र एउटा हेन्डरसनमा रहेको छ । रेष्टुरेण्टमा काम गर्ने ३२ जना कर्मचारीको ओभरटाइम काम गरेको रकम दिइएको थिएन ।

यी सबै उल्लङ्घनहरूका लागि ज्यालामा तिनुपर्ने रकम २ लाख ३६ हजार ६ सय ९२ डलर र क्षतिका लागि त्यती नै रकम अर्थात् २ लाख ३६ हजार ६ सय ९२ डलर जरिवाना तोर्किको छ । रेस्टुरेन्टको लागि जरिवाना १२ हजार ५० डलर तोकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस प्रकारका उल्लङ्घनहरू सामान्यतया रेष्टुरेण्टहरुमा अधिक हुने गरेको डिपार्टमेन्ट अफ लेबरले जनाएको छ । यदि तपाईले पनि काम गरे अनुशारको ज्याला पाउनुभएको छैन वा ओभरटाइम रकम पाउनुभएको छैन भने रिपोर्ट गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

धेरै अनुसन्धानहरू गुनासोपछि सुरु हुन्छन्, जुन गोप्य हुन्छन्। उजुरीकर्ताको नाम, उजुरीको प्रकृति र उजुरी अवस्थित छ कि छैन खुलासा गरिदैन । रोजगारदाताले आफ्नो अधिकारको प्रयोग, उजुरी दर्ता वा अनुसन्धानमा सहयोग गरेकोमा कामदार विरुद्ध बदला लिन सक्दैन। साथै कामदारको अध्यागमन स्थीति जुनसुकै भएतापनि उनीहरु उचित पारिश्रमिकका लागि योग्य हुन्छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com