न्युयोर्क सिटीका समुद्र तटहरू सेप्टेम्बर ८ सम्म खुला रहने, कहाँ कहाँ जान सकिन्छ?


प्रकाशित मिति : श्रावण १४, २०८१ सोमबार

समर प्राविधिक रुपमा जुन २० बाट सुरु भएतापनि न्युयोर्क सिटीका समुद्र तटहरू भने  मे २५ शनिबारदेखि खुला भएका थिए । एनवाईसी पार्कसले मे २५ देखि १४ माइल लामो समुद्र तट आधिकारिक रूपमा पुन खोलेको थियो ।

मेमोरियल डे सप्ताहन्तको अवशरमा ब्रुकलिनको कोने आइल्याण्ड र ब्राइटन बीच, स्टेटन आइल्याण्डको सेडर ग्रोभ बीच, र ब्रोन्क्सको अर्चर्ड बीच लगायत खुला भएका थिए ।

न्युयोर्क सिटीमा घुम्नका लागि उत्कृष्ट समुद्र तटहरू रहेका छन् । जेकब रिस बीच लैंगीक मैत्री रहेको छ भने रकवेजको फोर्ट टिल्डेन बीच र लङ आइल्याण्डको जोन्स बीच केही सेतो बालुवाहरूका साथ चर्चित छन् । म्यानहटन बीच, स्टेटन आइल्याण्डका मिडल्याण्ड बीच, साउथ बीच, पोण्ड बीच पनि तपाईका रोजाई बन्न सक्छन् ।

Photo by Malaya Sadler on Unsplash

अमेरिकाभर रहेका २५ वटा उत्कृष्ट समुद्र तटहरूमध्ये २ वटा न्युयोर्क सिटीमा छन् । जसमध्ये एउटा रकवे बीच हो भने अर्को कोने आइल्याण्ड बीच हो । न्युयोर्कको रकवे बीचमा सबवे वा बसमा चढेर पुग्न सकिन्छ भने सेतो बालुवा, पाँच माइल बोर्डवाक र सर्फयोग्य छालहरूको आनन्द लिन सकिन्छ । रकवे बीचमा स्केट पार्क, भलिबल र ह्यान्डबल कोर्टहरू, खेल मैदानहरू, स्प्रे शावरहरू र विश्राम कक्षहरू पनि छन्। पिकनिकका लागि बार्बेक्यु क्षेत्रहरू र बोर्डवाकमा भोजनालयहरू छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईं धेरै टाढा नगईकन सिटीको हलचलबाट उम्कन खोज्दै हुनुहुन्छ भने कोने आइल्याण्ड बीच उपयुक्त क्षेत्र हुनसक्छ । यो सार्वजनिक समुद्र तट इतिहास र परम्परामा धनी छ। त्यहाँ भलिबल, ह्यान्डबल, र बास्केटबलका लागि कोर्टहरू साथै खेल मैदानहरू छन् जुन तपाईंलाई दिनभर मनोरञ्जन प्रदान गर्दछ। तपाईले धेरैजसो समय बोर्डवाकमा बिताउन सक्नुहुनेछ ।

लाइफगार्डहरूको अभावको कारण समुद्र तटहरू खुल्ने घण्टा भने केही कम हुनसक्छ । यो सिजनमा २३० लाइफगार्डहरू राखिएको छ जबकी समुद्र तटहरू सञ्चालन गर्न १ हजार आवश्यक पर्छ ।

समुद्र तटहरू सेप्टेम्बर ८ सम्म खुला रहने छन्। समुद्र तटको मौसममा लाइफगार्डहरू दैनिक रूपमा बिहान १० बजेदेखि ६ बजेसम्म ड्युटीमा हुन्छन्। लाइफगार्डहरू ड्युटीमा नभएको र बन्द खण्डहरूमा पौडी खेल्न निषेध गरिएको छ। बन्द खण्डहरूमा रातो झण्डाहरूसँग चिन्ह लगाइएका हुन्छन् । न्युयोर्क सिटीका सबै समुद्र तटहरू निशुल्क र जनताको लागि खुला छन्।

न्युयोर्क सिटीका सबै आठ समुद्र तटहरूमा अवस्थित ५८ डिस्पेन्सरबाट निःशुल्क सनस्क्रिन लगाउन सकिन्छ । ब्रोन्क्स, ब्रुकलिन, र म्यानहट्टनमा इम्प्याक्ट मेलानोमा फाउन्डेसन र रकवेजमा एपिस्कोपल हेल्थ सर्भिसेसको आर्थिक सहयोगमा सनस्क्रिन उपलब्ध छन् । न्यु योर्कवासीहरूले उपलब्ध गराइएको एसपीएफ ३० सनस्क्रिन सजिलैसँग लगाएर घाममा आफूलाई बचाउन सक्छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com