युएसएआईडीद्वारा करिब २ खर्ब सहयोग , सरकारको आवश्यकता र प्राथमिकताअनुसारको अनुदान


प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग युएसएआईडीले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा एक खर्ब ९६ अर्ब सहयोग गरेको छ ।

युएसएआईडीले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको शसक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चारका क्षेत्रमा डेढ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरेको जनाएको छ ।

सन् २०२३ मा स्वास्थ्य, शिक्षा, र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान गरेको र थप ५० लाख महिला माझ अप्रत्यक्ष रुपमा आमसञ्चार माध्यमका अभियानलगायत गतिविधि पुगेको युएसएआईडीको तथ्याङ्क छ ।

युएसएआईडीद्वारा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा कार्यवाहक मिसन निर्देशक बेथ होगनले युएसएडले नेपाल र नेपाली जनतासँग सात दशक लामो साझेदारीका क्रममा गरिएका सहयोग र योगदानबारे जानकारी गराउनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै उहाँले नेपाल सरकारको आवश्यकता र प्राथमिकताअनुसार युएसएआईडीले अनुदान सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । युएसएआईडी अन्तर्राष्ट्रिय विकासको नेतृत्व गर्ने अमेरिकाको सरकारी निकाय हो ।

युएसएआईडीले नेपाललगायत सयभन्दा बढी मुलुकमा काम गर्दछ । युएसएआईडी र नेपालबीचको साझेदारी ६३ वर्षभन्दा लामो छ ।

युएसएआईडीको नेपालस्थित कार्यालयका विभिन्न विभागीय अधिकारीहरुका अनुसार युएसएआईडीले सन् २०२३ मा नेपालमा पाँच वर्ष मुनिका ११ लाखभन्दा बढी बालबालिकालाई पोषणसम्बन्धी कार्यक्रममार्फत सहयोग गरेको, बाल विवाह र बालबालिकाको जबरजस्ती हुने विवाह कम गर्न र बालिकाका लागि शिक्षा प्रवर्द्धन गर्न दुई हजारभन्दा बढी सामुदायिक अगुवा तथा सरोकारवालाहरु समाधानका उपायमा संलग्न भएका थिए ।

यसै अवधिमा युएसएआईडीको सहयोगमा किसान र उद्यमीले छ करोड ३० लाख अमेरिकी डलर मूल्यको कृषि उत्पादनको बिक्री गर्न सफल भएको जनाईएको छ ।

एक करोड २४ लाख व्यक्तिलाई मतदाता र नागरिक शिक्षा प्राप्ति गर्न सहयोग गरेको, नेपाल सरकारलाई दुई अर्ब ४० करोड अमेरिकी डलर मूल्य बराबरको एक हजार दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत् परियोजनालाई अन्तिम रुप दिन मद्दत गरिरहेको युएसएआईडीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com