राष्ट्रपति चुनावको दौडबाट पछि नहट्न वाइडेनलाई परिवारको आग्रह


प्रकाशित मिति : असार १७, २०८१ सोमबार

President Joe Biden smiles as he meets with NATO Secretary General Jens Stoltenberg in the Oval Office at the White House, Monday, June 17, 2024. (AP Photo/Mark Schiefelbein)

अमेरिकाको आगामी राष्ट्रपति चुनावको दौडबाट पछि नहट्न जो वाइडेनको परिवारले आग्रह गरेको छ । पहिलो टेलिभिजन बहसका क्रममा प्रतिश्पर्धी डोनाल्ड ट्रम्प बिरुद्ध वाइडेनको प्रस्तुती कमजोर रहेको भन्दै आलोचना भइरहेको बेला वाइडेनलाई परिवारका सदस्यहरुले साथ दिएका छन ।

आफन्तहरुका साथमा आइतबार बिताउनु भएका वाइडेन संग परिवारका सदस्यहरुले ४ बर्ष पदमा रहेर गरेका कामको ९० मिनेटको बहसमा समेट्न सकिदैन भनेर साथ दिएको बताइएको छ ।

सर्भेक्षणहरुले वाइडेनको उमेर र स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन । वाइडेन ८१ र टम्प ७८ बर्षिय हुनु भएको छ ।

समाचार पोलहरुले पनि सर्भेक्षणमा सहभागि भएका डेमोक्रेटस् मतदाता मध्ये आधाले पुन दोहोरीन आवश्यक नरहेको बताएका छन ।
आधाले ठिकै छ भनेका छन । श्रीमती जील वाइडेनले भन्नुभएको छ , मेरो श्रीमानले अमेरिकाको लागि जे राम्रो लाग्छ त्यही गरिरहनु पर्दछ र गर्नु पर्नेछ भनेर आश्वस्त पार्न आग्रह गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतिपयले जो वाइडेनको तयारी कम मात्र होइन टम्पको तयारी अलि बढि देखिदा निराशा र असन्तुष्टि देखिन्छ भनेका छन । तर न्यु वर्क टाइम्सको सम्पादकीयमा भनिएको छ जो वाइडेनले प्रतिश्पर्धाबाट अलग्गिएको घोषणा गर्ने संभावना बढि छ । कतिपय डेमोक्रायट्हरु भने वाइडेनको कडा बचाउमा उत्रिएका छन ।

मेरिल्याण्डका कांग्रेसका जेमी रस्किनले अगस्टमा हुने डेमोक्रेटिक सम्मेलनमा राष्ट्रपति पदका उम्मेदवारको ताज पहिराइने क्रममा बिडेन उम्मेदवार नहुन सक्छन् भन्ने हाश्याश्पद रहेको बताउनु भयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com