एकै पटक धेरै सङ्ख्यामा बिष्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरिएको उत्तर कोरियाको दावी


प्रकाशित मिति : १३ असार २०८१, बिहिबार

A man watches a television screen showing a news broadcast with file footage of a North Korean missile test, at a railway station in Seoul on April 13, 2023. – North Korea fired an “unspecified ballistic missile” on April 13, Seoul’s military said, prompting Japan to issue a warning to residents of the northern Hokkaido region telling them to take shelter. (Photo by Jung Yeon-je / AFP)

उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा बिष्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । त्यहाँका सरकारी सञ्चारमाध्यमले यो खबर बाहिर ल्याएका हुन ।

पछिल्ला दिनमा प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ । दक्षिण कोरियाका अधिकारकर्मीले उत्तरतर्फ पठाएका मानव अधिकार सुरक्षासम्बन्धी सन्देशसहितका बेलुनको प्रतिशोधस्वरूप प्योङयाङले दक्षिण कोरियामाथि फोहोरले भरिएको बेलुनहरू पठाएको थियो ।

बेलुनले सियोलको प्रमुख हब इन्चोन विमानस्थललाई बुधबार बन्द गर्न बाध्य बनाएको थियो । लगातार प्रक्षेपणहरूको प्रतिक्रियामा, दक्षिणले तनाव कम गर्ने सैन्य सन्धिलाई पूर्ण रूपमा निलम्बन गरेको छ । सीमा नजिकै प्रोपोगान्डा लाउडस्पीकर प्रसारण र प्रत्यक्ष–फायर अभ्यास पुनः सुरु गरेको देखिएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी केसीएनए का अनुसार उत्तर कोरियाले ‘व्यक्तिगत मोबाइल वारहेडको पृथक्करण र मार्गदर्शन नियन्त्रण परीक्षण सफलतापूर्वक सम्पन्न गरेको’ दाबी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अघिल्लो दिन गरिएको परीक्षणका क्रममा ’छुट्टाछुट्टै मोबाइल वारहेडलाई सही तरिकाले तीन वटा ‘कोअर्डिनेट टार्गेट’ मा राखिएको छ ।

उत्तर कोरियाले लगातार तीन दिनदेखि सयौँ फोहोर बोक्ने बेलुन दक्षिणतर्फ उडाएको छ । उत्तर कोरियाको यो कमदलाई लिएर अमेरिका र दक्षिण कोरियाका सहयोगी देशहरुले प्रतिकृया दिन बाँकी रहेको छ । उनीहरुले परिस्थितीको बिश्लेषण गरिरहेको बताएका छन । एजेन्सीहरु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com