आइसिसी टि–२० विश्वकपः भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो , अष्ट्रेलियाको सम्भावना कमजोर


प्रकाशित मिति : असार १०, २०८१ सोमबार

आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ ।

ग्रोस आइस्लेटमा सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । यससँगै अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । यस समूहबाट छ अङ्कसहित भारत शीर्षस्थानमा रहेर सेमिफाइनल पुगिसकेको छ ।

भारतले फाइनल प्रवेशका लागि इङ्ल्याण्डसँग खेल्नेछ । यसैगरी सुपर ‘आठको अन्तिम खेलमा बङ्गलादेशले अफगानिस्तानलाई हराएमा अष्ट्रेलिया सेमिफाइनल पुग्नेछ ।

भारतले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८१ रनमात्र बनाउन सक्यो । अष्ट्रेलियाका ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए । ४३ बल खेलेका उनले नौ चौका र चार छक्का प्रहार गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै कप्तान मिचेल मार्सले ३७, ग्लेन म्याक्सेवलले २० र टिम डेभिडले १५ रन बनाए । कमिन्सले ११ रन बनाउँदा मिचेल स्टार्क चार रनमा अविजित रहे । भारतका अर्शदीप सिंहले तीन विकेट लिए बने कुलदीप यादवले दुई विकेट लिए । त्यस्तै जसप्रित बुमराह र अक्षर पटेलले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए । ४१ बल खेलेका उनले सात चौका र आठ छक्का प्रहार गरे । त्यस्तै सूर्यकुमार यादवले ३१, शिवम दुबेले २८, हार्दिक पाण्ड्याले २७, ऋषभ पन्तले १५ र रवीन्द्र जडेजा नौ रन जोडे ।

अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान दुई–दुई विकेट लिए भने जोश हेजलवुले एक विकेट लिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com