म बोलेर होइन गरेर देखाउने छु :उमा कार्की थापा, उपाध्यक्षका उम्मेदवार


प्रकाशित मिति : भाद्र १७, २०७४ शनिबार

लस एन्जलस,
एनआरएन अमेरिकाको उपाध्यक्षका उम्मेदवार तथा सक्रिय सामाजीक अभियन्ता उमा कार्की थापाले एनआरएनएलाइ सहि बाटोमा ल्याउन आफुले उम्मेद्धवारि दिएको बताउनु भएको छ ।
एनआरएनए अमेरिकाको चुनाव आउन केहि दिन मात्र बाँकी रहँदा पश्चिम क्षेत्रको उपाध्यक्षका उम्मेदवार थापाले भन्नुभयो “पैसा र पावरको खेलले एनआरएनको मर्म नै मर्न लागीसक्यो, यो विशुद्ध सामाजीक अभियानलाइ सेवाभावले मात्र जिवित राख्न सकिन्छ ।” विगत लामो समयदेखि गैरआवासीय नेपाली संघको अभियानमा जोडिनु भएकी थापाले विगतमा महिला संयोजकको जिम्मेवारि पनि निर्वाह गरिसक्नु भएको छ । एक प्रखर, जुझारु महिला नेतृको पहिचान बनाउनु भएकी थापा लस एन्जलस क्षेत्रमा सफल व्यापारिका रुपमा पनि परिचित हुनुहुन्छ । करिब एकदशक देखि अमेरिका बस्दै आउनु भएकी थापा पश्चिम अमेरिकाका नेपालीहरुको सबैभन्दा ठुलो संस्था, वानाको अध्यक्षको भइसक्नु भएको छ ।

विगतमा महिला संयोजक रहँदा एनआरएन अमेरिकामा महिला सदस्य बृदि र महिलामैत्री कार्यक्रम संचालनमा ठुलो भूमीका खेलेको बताउने थापा अहिले नेतृत्वमा आउन चाहने महिलाको संख्या धेरै हुनु खुसीको कुरा हो भन्छिन, । “अझै पनि महिलामैत्री हुन नसकेका धेरै पक्षहरु छन्, यसमा आमुल सुधारको खाचोँ छ ।”
गौरि जोशी समुहकी एक अनुभवी र सक्षम उम्मेदवारका रुपमा चिनिनु भएकी थापा जोशीले मैदान छोडे पछि केहि दिन अन्यौलता छाएको भएता पनि अव परिस्थिती आफ्नो पक्षमा आइसकेको बताउनु हुन्छ । आफ्नो विजयलाइ अव कसैले रोक्न नसक्ने बताउने थापा भन्नुहुन्छ “यस क्षेत्रको अन्य प्रत्यासीको तुलनामा मेरो सामाजीक योगदान र योग्यता अब्बल छ भन्ने कुरा सबैलाइ थाहा छ, तसर्थ मेरो जीत निश्चीत छ ।” आफ्नो समर्थनमा उम्मेदवारि फिर्ता लिएका मणि नेपाली पनेरुलाइ धन्यवाद दिदै वहाँले अहिले सिगों क्यालीफोर्निया क्षेत्र आफ्नो समर्थनमा एकजुट भएर लागेको दाबी गर्नुभयो ।
उम्मेद्धवारहरुको अनावश्यक, काल्पनीक र भ्रामक एजेन्डाहरुको लामो सुचीप्रती व्यांग गर्दै थापाले त्यसलाइ आकाशको तारा झार्ने दन्त्य कथाको संज्ञा दिनुभयो । वहाँ भन्नुहुन्छ “जति सकिन्छ त्यती भनौँ, जती भनीन्छ कम्तिमा त्यती चाँही गरौँ । जो सुकै अध्यक्ष विजयी भए पनि संस्थाको गरिमा र नेतृत्वको अनुशासनमा बस्दै म एनआरएन मार्फत समाजसेवालाइ निरन्तरता दिन प्रतिबद्ध रहने छु भन्दै थापाले अपिल गर्नुभयो “ म बोलेर होइन गरेर देखाउने छु, एकपटक मौका दिनुहोस् ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com