सगरमाथा आरोहणका क्रममा ८ जनाको मृत्यु, पोखराका युवा विनोदबाबु बस्ताकोटीको अन्त्येष्टी


प्रकाशित मिति : जेष्ठ १८, २०८१ शुक्रबार

(c) Claude Florin 2008 claude@florin

सगरमाथा आरोहणका क्रममा यो सिजनमा ८ जनाको मृत्यु भएको छ । सगरमाथामा अधिकांश मृत्यु ८,००० मिटर भन्दा माथि हुने गरेको जुन कुख्यात रूपमा डेथ जोन भनेर चिनिन्छ। सगरमाथाको उचाइबाट गत हप्ता उद्धार गरिएका एक भारतीय आरोहीको उपचारकै क्रममा मृत्यु भएपछि अब मृतकको संख्या ८ पुगेको हो ।

काठमाडौंको अस्पतालमा भर्ना भएका वंशीलाललाई मे २१ मा हिमालबाट हेलिकप्टरमा ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा मे २८ मा मृत्यु भएको थियो ।

यसअगाडि केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुई, एक जना रोमानियाली, एक जना बेलायती आरोही र एक नेपाली पथप्रदर्शकको आरोहणका क्रममा मृत्यु भएको थियो । गत हप्ता सगरमाथा आरोहणका क्रममा अन्य तीन जनाको मृत्यु भएको थियो ।

गत वर्षको तुलनामा मृत्यु हुनेको संख्या तुलनात्मक रूपमा कम छ किनभने सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा गतबर्ष १८ जनाले ज्यान गुमाएका थिए । नेपालले यस वर्ष सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी अनुमतिपत्र जारी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोदबाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको यही जेठ ९ गते निधन भएको थियो । उनको आठ हजार दुई सय पाँच मिटरको उचाईको चौथो शिविरमा आइपुग्दा बिरामी भई निधन भएको हो ।

स्वर्गीय बस्ताकोटीको निवासबाट शवयात्रा गरी पार्थिव शरीरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलिका लागि राखिएकोमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापालगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए । बस्ताकोटीलाई पोखरा महानगरको नगरप्रहरीले सम्मान व्यक्त गरेको थियो ।

पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले शोक वक्तव्य जारी गर्दै बस्ताकोटीको निधनले वडाले एक नक्षत्र गुमाएको बताएका छन् । स्वर्गीय बस्ताकोटीलाई वडा नंं २६ ले वडा रत्न घोषणा गर्दै उनको स्मरणमा प्रत्येक वर्ष एक युवालाई साहसी युवा सम्मान प्रदान गरिने वडाध्यक्ष थापाले बताए ।

विसं २०४३ सालमा पोखरा महानगरपालिका वडा नंं २६ खरानेमा बुवा बाबुराम र आमा विष्णुमायाबाट जन्मिएका बस्ताकोटीले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिकमा छ हजार १४५ मिटर अग्लो लोवुचे पिक सफल आरोहण गरेका थिए । बस्ताकोटीले अन्तर्राष्ट्रिय पर्वतालय पदप्रदर्शकको समेत तालिम लिएका थिए । उनी बिगत १५ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशिल थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com