अत्याधिक चर्चाका कारण पर्यटक फसाउने स्थलमा न्युयोर्कको टाइम्स स्क्वायर विश्वमा पहिलो


प्रकाशित मिति : बैशाख ३१, २०८१ सोमबार

people in street at nighttime

अत्याधिक चर्चाका कारण पर्यटक झुक्याउने स्थलमा न्युयोर्कको टाइम्स स्क्वायर विश्वमा पहिलो नम्बरमा रहेको एक सर्वेक्षणले देखाएको छ । एक नयाँ सर्वेक्षण अनुसार टाइम्स स्क्वायरलाई संसारको सबैभन्दा खराब पर्यटक जालको नाम दिइएको छ।

न्युयोर्क सिटीकोमात्र नभई विश्वकै सबैभन्दा चर्चित पर्यटक आकर्षण टाइम्स स्क्यायरलाई १७६१ जना समीक्षकहरूले ओभररेटेड, सोंचेजस्तो नभएको र तनावयुक्त बताएका छन् । अनलाइन लर्निङ प्लेटफर्म प्रिपलीले विश्वभरका ८० भन्दा बढी पर्यटकीय स्थानहरूका लागि गन्तव्यहरू क्रमबद्ध गर्न पर्यटकहरुको समीक्षाहरूको विश्लेषण गरेको हो ।

जर्मनीको बर्लिनमा रहेको चेकपोइन्ट चार्लीलाई दोस्रो सबैभन्दा खराब पर्यटक जालको दर्जा दिइएको थियो। पर्यटकहरुले यो स्थल अत्यन्तै सानो र निराशाजनक भएको बताएका छन् । उक्त स्थानको अत्याधिक चर्चाका कारण पर्यटकहरु त्यहाँ पुगेपनि सोंचेजस्तो नपाउँदा निराश हुने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्रान्सको पेरिसमा रहेको आइफिल टावर तेस्रो स्थानमा रहेको छ । किनभने पर्यटकहरुले यो स्थानलाई पनि सोंचेजस्तो नपाएको बताएका छन् । डेनमार्कको कोपनहेगनमा रहेको लिटल मर्मेड पनि पर्यटकका लागि जालको सुचीमा चौथो नम्बरमा छ ।

स्पेनको बार्सिलोनामा रहेको लस राम्ब्लास, बेल्जियमको ब्रसेल्समा रहेको मनेकेन पिस, आइसल्याण्डको द ब्लु लगुन, क्यालिफोर्नियाको हलिउड वाक अफ फेम, लण्डनको लण्डन आई, डब्लिनको गिनिज स्टोरहाउस, बार्सिलोनाको पार्क गिल, पेरिसको लुभ म्युजियम, प्रागको एस्ट्रोनोमिकल क्लक, रोमको स्पानिस स्टेप, बार्सिलोनाको ला साग्रादा फेमिलिया, हो चि मिन्हको बेन थान मार्केट, रोमको कोलिसम जस्ता स्थानले पनि पर्यटकलाई निराश बनाएका छन् ।

स्विट्जरल्याण्डको लेक काउमासीलाई विश्वको सबैभन्दा कम तनावपूर्ण पर्यटक गन्तव्यको रूपमा नाम दिइएको छ । त्यसपछि अष्ट्रेलियाको उलुरु र ग्रीसको एथेन्सको मोनास्टिराकी बजारलाई पनि पर्यटकरुले कम तनावपूर्ण गन्तव्यको रुपमा रुचाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com