यस्तो छ एनआरएन अध्यक्ष घलेको ‘भिजन २०२० एण्ड वियोण्ड’ भिजन


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

तमुधिं यूकेको निमन्त्रणामा नवौं नेपाली मेलामा सहभागी हुन बेलायत आएका एनआरएनए आइसीसी अध्यक्ष शेष घलेले ‘भिजन २०२० एण्ड वियोण्ड’ लागू गरेरै छाड्ने दावी गरेका छन् । दुई कार्यकाल सकेर बाहिरिनै लाग्दा घलेले संस्थागत संरचना नै परिवर्तन गर्ने गरि भिजन २०२० एण्ड वियोण्ड प्रस्ताव लागू गर्ने बताएका हुन् ।

मेला उद्घाटनका अवसरमा घलेले संघलाई अभियानको ‘भर्चुअल’ दुनियाबाट संस्थागत गर्ने कार्यमा अझै सफलता नमिलेको बताउंदै संस्थालाई बलियो, क्षमतायुक्त र प्रभावकारी बनाउन ‘भिजन २०२० एण्ड वियोण्ड’ प्रस्ताव गरिएको बताए । उनले प्रस्तावित भिजन आत्मसात नगर्ने र संस्थाको पुनर्संरचना नगर्ने हो भने एनआरएनहरु लाचार अवस्था पुग्ने र संघप्रतिको विश्वास तासको घर झैं ढल्ने जिकिर समेत गरे । ‘म अबको १५, २० वर्षमा संघ नेपाली मुलका नेपालीहरुको राष्ट्रसंघ जस्तो संस्था भएको देख्न चाहन्छु’, उनले भने, ‘अबको १५, २० वर्षमा संसारभरि नै नेपाली मुलका मानिसहरुको संख्या लाखौं हुनेछ । त्यो बेला हाम्रा सन्ततिहरुले हामी नेपाली मुलका हौं भनेर गर्व गर्ने बनाउन हामीले भिजन २०२० प्रस्ताव गरेका हौं ।’

गत जुलाई अन्तिम साता जर्मनीको फ्रयांकफर्ट शहरमा भएको एनआरएनए युरोप क्षेत्रीय बैठकमा अध्यक्ष घलेले भिजन २०२० डकुमेन्ट अनुसार संस्थालाई अघि बढाउन आवश्यक रहेको बताएपछि संस्थाका प्रमुख संरक्षक जीवा लामिछानेले आपत्ति जनाएका थिए ।

लन्डनमा बोल्दै अध्यक्ष घलेले आफ्नो कार्यकालमा शुरु गरिएका योजनाहरुलाई पुरा गर्ने र भिजन २०२० अनुसार संस्थालाई अगाडि बढाउने नेतृत्व चुन्न आव्हान गरे । यसबाट अक्टोबरमा काठमाडौंमा हुन गइरहेको एनआरएनएको विश्व सम्मेलनमा नयां अध्यक्षको चुनाव निकै रोचक हुने देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएनए यूकेले आफ्नो स्वागत तथा सम्मानमा गरेको एक कार्यक्रममा पनि घलेले प्रस्तावको बचाउ गरेका थिए । उक्त अवसरमा अध्यक्ष घलेले विश्व सम्मेलनमा औपचारिक रुपमा प्रस्ताव ल्याइने बताउंदै नकारात्मक रुपमा नलिन आग्रह गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com