इजरायलले इरानमाथि जवाफी आक्रमण गरे अमेरिकाले साथ नदिने


प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार

Israeli Iron Dome air defense system launches to intercept missiles fired from Iran, in central Israel, Sunday, April 14, 2024. Iran launched its first direct military attack against Israel on Saturday. The Israeli military says Iran fired more than 100 bomb-carrying drones toward Israel. Hours later, Iran announced it had also launched much more destructive ballistic missiles. (AP Photo/Tomer Neuberg)

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमाथि प्रत्याक्रमण गरे अमेरिकाले साथ नदिने प्रष्ट पारेका छन् । शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर अमेरिकाले इरान विरुद्ध कुनै पनि इजरायली जवाफी हमलालाई समर्थन नगर्ने बाइडेनले बताएका हुन् ।

बाइडेन र उनका वरिष्ठ सल्लाहकारहरू इजरायलमा इरानको आक्रमणपछि इजरायली प्रतिक्रियाले विनाशकारी नतिजासहितको क्षेत्रीय युद्ध निम्त्याउनेमा सचेत रहेका अमेरिकी अधिकारीहरूले बताएका छन् । इजरायलले सिरियामा गरेको हवाई आक्रमणमा आफ्ना शीर्ष इरानी जनरल मारिएको बदलास्वरूप इरानले स्थानीय समयअनुसार शनिबार राति इजरायलविरुद्ध ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

इरानबाट २०० भन्दा बढी ड्रोन, क्रुज मिसाइल र ब्यालिस्टिक मिसाइलहरू प्रहार गरिएको छ । धेरै जसो आक्रमणहरु इजरायली हवाई क्षेत्र बाहिर रोकिएका थिए । यस क्षेत्रमा इजरायललाई निशाना बनाउँदै हानिएका इरानी प्रक्षेपण ड्रोनहरू अमेरिकी सेनाले खसालेको थियो।

 

इजरायलको सरकारी प्रेस कार्यालयले अप्रिल १४, २०२४ मा जारी गरेको यो तस्बिरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलको तेल अवीवमा रहेको इजरायली रक्षा मन्त्रालयमा युद्धकालीन मन्त्रिपरिषद्को बैठकमा भाग लिइरहेको देखाइएको छ। । (सिन्ह्वा)

फोन कुराकानीमा बाइडेन नेतन्याहुलाई अमेरिकाले इरानविरुद्धका कुनै पनि आपत्तिजनक कारबाहीमा भाग नलिने बताएका थिए । नेतान्याहूले त्यो कुरा आफूले बुझेको बताएका थिए । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पनि शनिबार आफ्ना इजरायली समकक्ष योभ ग्यालान्टसँग कुरा गरेका छन् । उनले इजरायलले इरान विरुद्ध कुनै प्रतिक्रिया दिनुअघि अमेरिकालाई सूचित गर्न आग्रह गरेका थिए ।

इजरायलले आफूलाई उपयुक्त हुने तरिका र समयमा इरानको आक्रमणको मूल्य निर्धारण गर्ने चेतावनी दिएको छ । आइतवार तेहरानले इजरायलसँगको आफ्नो विरोधी सम्बन्धमा नयाँ समीकरण खोलिएको बताउँदै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि आक्रमण गर्ने निर्णय गरेमा धेरै ठूलो आक्रमण गर्ने चेतावनी दिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com