घर कब्जा गरेका सुकुम्बासीलाई घरवेटीले हटाउन सहज हुने बिल न्युयोर्क राज्य संसदमा


प्रकाशित मिति : चैत्र ८, २०८० बिहीबार

न्युयोर्कमा बढ्दो सुकुम्बासी समस्याको बारेमा व्यापाक समाचारहरु आएपछि केही सांसदहरूले यसबारे कदम चालेका छन् । जस अनुशार घर कब्जा गरेका सुकुम्बासीलाई घरवेटीले हटाउन सहज हुने बिल न्युयोर्क राज्य संसदमा पेश गरिएको छ ।

इमानदार भाडावालहरूलाई लालची घरधनीहरूबाट जोगाउनको लागि ल्याइएका कतिपय कानूनको दुरुपयोग हुँदा बेइमान भाडावालहरूले यसको फाइदा उठाएर वर्षौंसम्म निःशुल्क आवासको सुविधा लिइरहेका छन् । यसलाई रोक्न लङ आइल्याण्डका एक राज्य सांसदले सुकुम्बासीलाई हटाउन सहज हुने बिल संसदमा ल्याएका हुन् । डिस्ट्रिक्ट १५ को प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद जेक ब्लुमेन्क्रान्जले यो बिल पेश गरेका हुन् ।

उनले ल्याएको बिलमा भाडामा लिनेहरूमा सुकुम्बासीहरुलाई समावेश गरिएको छैन भने अधिकार दावी गर्नका लागि कम्तीमा ४५ दिन बसेको हुनुपर्ने प्रावधान समावेश छ । न्युयोर्क सिटीमा ३० दिनभन्दा बढी बसेको हुनुपर्ने प्रावधान छ । सुकुम्बासीहरुले कानूनको दुरुपयोग नगर्ने सुनिश्चित गर्न यो बिल ल्याइएको उनले बताएका छन् । यो बिलले लामो अदालती प्रक्रियामा जानुको सट्टा पुलिसलाई हस्तक्षेप गर्न र पक्राउ गर्न अनुमति दिनेछ। अहिले अदालती प्रकृयामा जाँदा मुद्दा टुंगो लाग्न औषतमा २ बर्ष लाग्छ ।

हालै न्युयोर्कको क्वीन्समा १ मिलियन डलरको घर कब्जा गरेर बसेका सुकुम्बासीहरुलाई निकाल्न खोज्दा घरवेटी नै पक्राउ परेको घटनापछि यो विषय पेचिलो बनेको हो । सुकुम्बासीहरूको समूहलाई बाहिर राख्न आफ्नो घरको ताला परिवर्तन गर्न खोजेपछि प्रहरीले घरवेटीलाई नै हतकडी लगाएको थियो । फ्लसिङ, क्वीन्समा एक मिलियन डलरको पुख्यौली घरकी मालिक एडेल अन्डालोरोले उक्त घर आफ्ना आमाबाबुबाट विरासतमा पाएकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीमा ३० दिनभन्दा बढी बसेका व्यक्तिलाई सिधै घरबाट निकाल्न नपाइने, घरको ताला परिवर्तन गर्न नपाइने, विजुली पानी काट्न नपाइने नियम रहेको छ । न्युयोर्क राज्यमा सुकुम्बासीहरुले त्यहाँ १० वर्ष बसेपछि मालिकको अनुमति बिना कुनै सम्पत्तिमा बस्नको लागि कानूनी अधिकार दाबी गर्न सक्छन्। तर न्युयोर्क सिटीमा भने ३० दिन बसेपछि त्यस्तो अधिकार दावी गर्न सकिन्छ । न्युयोर्क सिटीमा सुकुम्बासीहरूले ३० दिन बसेर कानुनी कब्जा स्थापित गरेपछि उनीहरूलाई निष्कासन गर्न गाह्रो हुने अधिकारहरू छन् ।

न्युयोर्क सिटीमा कुनै पनि व्यक्ति विभिन्न कारणले सुकुम्बासी बन्छ । भाडामा बस्दै आएको व्यक्तिले भाडा तिर्न अस्वीकार गर्न थालेमा वा घरवेटीको आफन्तले घर छोड्न अस्वीकार गरेमा वा अपरिचित व्यक्ति घरमा प्रवेश गरेर घर छाड्न नमानेमा सुकुम्बासीको परिभाषामा पर्नसक्छ । सुकुम्बासीबाट मुक्तिका लागि घरवेटीले सुरुमा १० दिनको निष्कासन सूचना पठाउनुपर्छ । त्यसपछि नमानेमा अदालतमा उजुरी दायर गर्नुपर्छ। यदि न्यायाधीशले अनुमोदन गरेमा घरवेटीले अधिकार पाउनसक्छन् र सुकुम्बासीलाई हटाउन सकिन्छ । तर यो प्रकृया निकै लामो हुन्छ ।

लामो अवधिको भाडामा लिनेहरूलाई निष्काशित हुनबाट रोक्न मद्दत गर्न यो कानुन ल्याइएको थियो । यो कानुन आंशिक रूपमा खाली र परित्याग गरिएका भवनहरूको सन्दर्भमा ल्याइएको थियो । यस्ता सुकुम्बासीबाट जोगिन घरवेटीले लामो अवधिको लागि कुनै पनि घर खाली राख्नबाट जोगिनु पर्छ। तिनीहरूले भवन सुरक्षित भएको, पर्याप्त प्रकाश भएको र निगरानी क्यामेराहरू स्थापना गरिएको सुनिश्चित गर्नुपर्छ। यदि कोही सुकुम्बासी देखा परेमा ३० दिनसम्म बसेर अधिकार स्थापित गर्नु अगाडि नै तुरुन्तै प्रहरीलाई खबर गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com