न्युयोर्कको क्वीन्समा आफ्नो घर कब्जा गरेर बसेका सुकुम्बासीलाई निकाल्न खोज्दा घरवेटी पक्राउ


प्रकाशित मिति : चैत्र ७, २०८० बुधबार

न्युयोर्कको क्वीन्समा १ मिलियन डलरको घर कब्जा गरेर बसेका सुकुम्बासीहरुलाई निकाल्न खोज्दा घरवेटी नै पक्राउ परेका छन् । सुकुम्बासीहरूको समूहलाई बाहिर राख्न आफ्नो घरको ताला परिवर्तन गर्न खोजेपछि प्रहरीले घरवेटीलाई नै हतकडी लगाएको हो । फ्लसिङ, क्वीन्समा एक मिलियन डलरको पुख्यौली घरकी मालिक एडेल अन्डालोरोले उक्त घर आफ्ना आमाबाबुबाट विरासतमा पाएकी थिइन्। उनले आफ्नो घरमा अज्ञात व्यक्तिहरु बसेको थाहा पाएपछि गतमहिना घर बिक्रिका लागि बजारमा राखेकी थिइन् ।

हालै आफ्नो घरमा जाँदा एडेलले अज्ञात व्यक्तिले ताला लगाएको पाएकी थिइन् । घरभित्र प्रवेश गर्दा दुईजना नचिनेका पुरुषहरुले आफूहरु त्यहाँ भाडामा बस्ने व्यक्ति भएको बताएका थिए । त्यसपछि ती पुरुषहरुलाई निकाल्न खोज्दा उनीहरुले प्रहरीलाई फोन गरेका थिए । प्रहरी आएपछि ती पुरुषहरुलाई उक्त घरमा ३० दिनभन्दा बढी बसेको प्रमाण देखाउन भनेका थिए । न्युयोर्क सिटीमा ३० दिनभन्दा बढी बसेका व्यक्तिलाई सिधै घरबाट निकाल्न नपाइने नियम रहेको छ ।

एडेलको हातमा घरको कागजात भएकाले त्यहाँ कब्जा गरेर बसेका कुनै पनि व्यक्तिले आफ्नो दाबी पुष्टी गर्ने कागजात देखाउन नसकेपछि ती दुबैजना व्यक्तिलाई प्रहरीले घरबाट बाहिर निकालेको थियो । त्यसपछि ती व्यक्तिहरुले एडेललाई ताला परिवर्तन गरेको खण्डमा कानूनी सजाय हुनसक्ने चेतावनी दिएका थिए । तर पनि एडेलले ताला परिवर्तन गरेकी थिइन् । तर ताला परिवर्तन गरेको १० मिनेटभन्दा कम सयमपछि ब्रायन रोड्रिगेज नामको व्यक्तिले आफू त्यहाँ लिजमा बस्दै आएको दावी गरेका थिए । रोड्रिगेजसँगै अर्को प्रहरीले केही बेर अघि घरबाट बाहिर निकालेको व्यक्ति पनि थिए ।

त्यसपछि प्रहरी फेरि घरमा आएको थियो । रोड्रिगेजले कागजात देखाएपछि प्रहरीले उनीहरुलाई सिधै निकाल्न नसकिने र त्यसका लागि घरवेटी अदालतमा जानुपर्ने भन्दै घरवेटी एडेललाई नै घरमा तालाहरू परिवर्तन गरेर गैरकानूनी रुपमा घरमा बसिरहेकाहरुलाई निष्कासन गरेकोमा गिरफ्तार गरेको थियो । घरको लागि रियल्टर मार्फत लिजमा हस्ताक्षर गरेको रोड्रिगेजको दावी छ । उनले घर मर्मतका लागि धेरै रकम खर्च गरेको भन्दै बिल र रसिदहरु पनि देखाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले घरमा खर्च गरेको रकमको क्षतिपूर्ति घरवेटीले नदिएसम्म घर नछाड्ने रोड्रिगेजको भनाई छ । घरवेटी एडेलले निष्काशन प्रकृयाका लागि अदालतमा फाइल गर्ने बताएकी छिन् । तर न्युयोर्क सिटीमा निष्काशनका यस्ता मुद्दाहरु टुंगो लाग्न औषतमा २० महिना लाग्दै आएको छ ।

न्युयोर्क राज्यमा सुकुम्बासीहरुले त्यहाँ १० वर्ष बसेपछि मालिकको अनुमति बिना कुनै सम्पत्तिमा बस्नको लागि कानूनी अधिकार दाबी गर्न सक्छन्। तर न्युयोर्क सिटीमा भने ३० दिन बसेपछि त्यस्तो अधिकार दावी गर्न सकिन्छ । न्युयोर्क सिटीमा सुकुम्बासीहरूले ३० दिन बसेर कानुनी कब्जा स्थापित गरेपछि उनीहरूलाई निष्कासन गर्न गाह्रो हुने अधिकारहरू छन् ।

न्युयोर्क सिटीमा कुनै पनि व्यक्ति विभिन्न कारणले सुकुम्बासी बन्छ । भाडामा बस्दै आएको व्यक्तिले भाडा तिर्न अस्वीकार गर्न थालेमा वा घरवेटीको आफन्तले घर छोड्न अस्वीकार गरेमा वा अपरिचित व्यक्ति घरमा प्रवेश गरेर घर छाड्न नमानेमा सुकुम्बासीको परिभाषामा पर्नसक्छ । सुकुम्बासीबाट मुक्तिका लागि घरवेटीले सुरुमा १० दिनको निष्कासन सूचना पठाउनुपर्छ । त्यसपछि नमानेमा अदालतमा उजुरी दायर गर्नुपर्छ। यदि न्यायाधीशले अनुमोदन गरेमा घरवेटीले अधिकार पाउनसक्छन् र सुकुम्बासीलाई हटाउन सकिन्छ । तर यो प्रकृया निकै लामो हुन्छ ।

लामो अवधिको भाडामा लिनेहरूलाई निष्काशित हुनबाट रोक्न मद्दत गर्न यो कानुन ल्याइएको थियो । यो कानुन आंशिक रूपमा खाली र परित्याग गरिएका भवनहरूको सन्दर्भमा ल्याइएको थियो । यस्ता सुकुम्बासीबाट जोगिन घरवेटीले लामो अवधिको लागि कुनै पनि घर खाली राख्नबाट जोगिनु पर्छ। तिनीहरूले भवन सुरक्षित भएको, पर्याप्त प्रकाश भएको र निगरानी क्यामेराहरू स्थापना गरिएको सुनिश्चित गर्नुपर्छ। यदि कोही सुकुम्बासी देखा परेमा ३० दिनसम्म बसेर अधिकार स्थापित गर्नु अगाडि नै तुरुन्तै प्रहरीलाई खबर गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com