अप्रिल १४ देखि २० सम्म न्युयोर्क सिटीमा हुने मिथिला महोत्सवमा मिथिला कला प्रदर्शन गरिने


प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार

मिथिला सेन्टर युएसएको आयोजनामा आगामी अप्रिल १४ देखि २० सम्म न्युयोर्क सिटीमा मिथिला महोत्सव अमेरीका आयोजना गरिने भएको छ । मिथिला कला र संस्कृतिको प्रवर्द्धन तथा प्रदर्शनका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यलाई सघाउने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिदै आएको आयोजकले जानकारी दिएका छन् ।

यसवर्षको मिथिला महोत्सव अमेरीकाको मुल नारा दिगो विकास लक्ष्यको लागि कला मिथिला सम्पदा रहेको छ । दिगो विकास लक्ष्यको लक्ष्य १३ (जलवायु सम्बन्धी कारबाही) लाई केन्द्रित गरी जलवायु परिवर्तन तथा यसका प्रभावहरू, प्रभाव न्यूनीकरण तथा पूर्व चेतावनी दिने सम्बन्धमा शिक्षा, जनचेतना अभिवृद्धि र संस्थागत क्षमतामा सुधार गर्ने सम्बन्धमा मिथिला कलामार्फत सामुदायिक जागरूकता बढाउने तर्फ अग्रसर हुने आयोजकको भनाई छ ।

कार्यक्रममा सहभागी हुन चाहने सबै ईच्छुक कलाकारहरुलाई यस वर्षको मुख्य नारालाई ध्यानमा राखी तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय पठाउन अनुरोध गरिएको छ । कलाकारहरुले इमेल ठेगाना [email protected] मा आफ्नो चित्रकलाको नमुना र परिचय पठाउन सक्नेछन् ।

प्रथम मिथिला महोत्सव अमेरीका सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा प्रारम्भिक चित्रकला प्रदर्शनीका साथ सम्पन्न भएको थिउो । यो प्रयासलाई निरन्तरता प्रदान गर्न आफूहरु अझ क्रियाशील भएको आयोजकको भनाई छ । मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजनाले अमेरिका तथा अन्य राष्ट्रहरूस्थित समुदायले सांस्कृतिक पर्वको रूपमा मनाउने मात्र नभई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहासिल गर्ने सन्दर्भमा मिथिला सम्पदाबाट हुनसक्ने योगदान बारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै, मिथिला राजा सलहेश जयन्ती समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र मिथिला साहित्य सम्बन्धी कार्यक्रमहरू पनि यस वर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ । गतबर्षजस्तै बालबालिकाहरुका लागि चित्रकला कार्यशाला र प्रदर्शनी समेत गरिने भएको छ । बालबालिकाको चित्रकला कार्यशाला भने अप्रिल १४ मा नै हुनेछ ।

दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ । रामायण र अन्य हिन्दू साहित्यमा वर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो ।देवी सीता र भगवान रामको जीवन गाथाले यस संस्कृतिमा विशेष महत्व ओगटेको छ । हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीताको विवाह भारतको अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो ।

मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो । किनकी नेपाल र भारत एवम् अन्य देशहरुमा बस्ने मिथिला समुदायका व्यक्तिहरुले आफ्नो सांस्कृतिक मूल्य र मान्यताहरुलाई दैनिक जीवन र व्यवहारमा अगाँलेका छन् । यसप्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्य मान्यताको प्रवर्द्धन गरेकोछ। अमेरिकामा न्यूयोर्क र न्यूजर्सीमा मिथिला समुदायका व्यक्तिहरु दशकौंदेखि उललेख्य संख्यामा बसोबास गर्दै आएका छन् ।

मिथिला कला संसारभर प्रख्यात छ । महिला कलाकारहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔंदेखि अस्तित्वमा छ। घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला कलाकारहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरुबाट नै नयाँ पिढीहरुमा हस्तान्तरण हुँदैआएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम् सिंगार सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ ।

मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा मान्यता दिईएको छ । महिला वा पुरुष कलाकारका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् । विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुका लागि आय आर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।

नेपाली अमेरिकन सामाजिक उद्यमी अमित प्रताप शाहद्वारा स्थापित मिथिला सेन्टर यूएसए मिथिला संस्कृतिको समृद्ध मूल्यहरू मनाउन, संरक्षण गर्न र प्रवर्द्धन गर्न समर्पित गैर नाफामुखी संस्था हो। कला प्रदर्शनी र सांस्कृतिक कार्यक्रमका साथ मिथिला महोत्सव अमेरिका आयोजना गर्नाले समुदायलाई सांस्कृतिक चाडपर्वहरू मनाउन मात्रै नभई विशेष गरी भावी पुस्तासँगको संलग्नताबाट सम्पदाको संरक्षण पनि हुने शाहको विश्वास छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com