पेन्सिलभेनियामा सौतेनी आमा, बहिनी र पत्नीको हत्यापछि कारज्याक गरेर बन्दुकधारी हिराशतमा


प्रकाशित मिति : चैत्र ३, २०८० शनिबार

शनिबार बिहान पेन्सिलभेनियाको फल्स टाउनशिपमा तीन महिलाको हत्या गरेपछि भागेको  बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त व्यक्तिलाई हिराशतमा लिइएको र कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ ।

संदिग्ध बन्दुकधारी सुरुमा न्युजर्सीको घर भित्र लुकेको विश्वास गरिएको थियो । जसका कारण प्रहरीले उक्त क्षेत्र घेरा हालेको थियो । तर घेरा हाल्नु अगाडि नै बन्दुधकारी त्यहाँबाट भागेको पछिमात्र थाहा भएको थियो । संदिग्ध व्यक्ति वास्तवमा न्यूयोर्क एभिन्यूमा हिंडिरहेको फेला पारेपछि हिरासतमा लिइएको छ ।

दुई फरक घरमा तीन जनाको हत्या पछि संदिग्ध २६ वर्षीय आन्द्रे गोर्डन कारज्याक गरेर न्युजर्सीको ट्रेन्टनमा आएको अधिकारीहरुले बताएका छन् । लेभिटाउनको भ्यूपोइन्ट लेनमा बिहान ९ बजेतिर गोर्डनले घरमा बस्ने दुई महिलालाई गोली हानेर हत्या गरेको अधिकारीहरुले बताएका छन् । ती दुई महिलाहरु गोर्डनकी ५२ बर्षकी सौतेनी आमा र १३ बर्षकी गोर्डनकी बहिनी भएको जनाइएको छ ।

गोर्डनले त्यसपछि एजवुड लेनमा रहेको घरमा गएर २५ वर्षीया टेलर डेनियललाई गोली हानेर हत्या गरेको जनाइएको छ । ती महिला गोर्डनका २ बच्चाकी आमा भएको जनाइएको छ । उक्त घरमा चार अन्य व्यक्ति घर भित्र थिए । गोर्डनले एउटी महिलालाई राइफले कुटपिट गरी घाइते बनाएको र उनलाई उपचारका लागि जेफरसन टोरेस्डेल अस्पतालमा लगिएको जनाईएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि गोर्डनले ९ बजेर १३ मिनेटमा मोरिसभिलको ब्रिस्टल पाइकमा स्टोरको पार्किङमा चालकलाई बन्दुक देखाएर कारज्याक गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार चालकलाई कुनै चोटपटक लागेको छैन ।

गोलीकाण्डपछि सेन्ट प्याट्रिक डे परेड रद्द गरिएको थियो  भने बच्चाहरूको थिम पार्क बन्द गरिएको थियो । बक्स काउन्टीका अधिकारीहरूले त्यसक्षेत्रका बासिन्दाहरूलाई उनीहरूको घरमा बस्न र ढोका बन्द गर्न चेतावनी दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com