गाडिएको अवस्थामा बालकको शव, बुवाआमा पक्राउ


प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार

Rescuers inspect the wreckage at the site of a plane crash in Pokhara on January 15, 2023. – At least 67 people were confirmed dead on January 15 when a plane with 72 on board crashed in Nepal, police said, in the Himalayan country’s deadliest aviation disaster in three decades. (Photo by PRAKASH MATHEMA / AFP)

छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर बुवाआमालाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव निकालिएको र घटनाको अनुसन्धानका लागि बाबु शम्भु र उनकी पत्नी सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले राससलाई जानकारी दिनुभयो । शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।

बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रहरी नायब उपरीक्षक थाापाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com