उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

संयुक्त राज्य अमेरिकाको सेनाले भनेको छ, उत्तर कोरियाले सानो दूरीका तीनवटा बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ।

एउटा वक्तव्यमार्फत अमेरिकी प्यासिफिक कमाण्डले जनाए अनुसार पहिलो र तेस्रो क्षेप्यास्त्र उडानमा विफल भएका थिए भने दोस्रो क्षेप्यास्त्र परीक्षणपछि विस्फोट भएको थियो।

उसले उत्तर कोरियाद्वारा गरिएको परीक्षणबाट गुआम टापुलाई कुनै खतरा नरहेको बताएको छ।

गत महिना अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङले गुआममा क्षेप्यास्त्र हमला गर्ने अमेरिकालाई चेतावनी दिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुआममा कुनैपनि बेला आक्रमण: उत्तर कोरिया

एक पाइला पनि पछि हट्दैनौँ: उत्तर कोरिया

तीव्रता

दक्षिण कोरयाली सेनाले उत्तर कोरियाले पूर्वी समुद्रमा थुप्रै क्षेप्यास्त्रहरु परीक्षण गरेको देखिएको जनाएको छ।

प्योङयाङले पछिल्ला महिनाहरुमा आफ्नो क्षेप्यास्त्र परीक्षण कार्यक्रममा तीव्रता दिएको छ।

किम

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्रले करिब २५० किलोमिटरको दूरी तय गरेको थियो।

स्थानीय समय अनुसार शनिवार बिहान ६ बजेर ४९ मिनेट जाँदा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनाले बताएको छ।

निगरानी

अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर डेभ बेन्हामले भनेका छन्, “पहिलो र तेस्रो क्षेप्यास्त्र विफल भएका थिए, दोस्रो क्षेप्यास्त्र तत्कालै विस्फोट भएको जस्तो देखिन्छ।”

३० मिनेटको अन्तरालमा ती क्षेप्यास्त्रहरुको परीक्षण गरिएको उनले बताए।

उत्तर कोरियाली रक्षामन्त्रीले भनेका छन्, “उत्तर कोरियाली उक्साहटको सामना गर्नका निम्ति हाम्रो सेनाले कडा निगरानी गरिरहेको छ।”

दक्षिण कोरियामा हजारौं अमेरिकी तथा दक्षिण कोरियाली सेनाले अहिले संयुक्त अभ्यास गरिरहेका छन्।

दुई देशको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले निरन्तर विरोध जनाउँदै आएको छ।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com