अमेरिकामा नयाँ बिल पारित भएमा प्रतिबच्चा १८ सय डलर रिफण्ड पाइने
अमेरिकामा नयाँ बिल पारित भएमा आमाबाबुहरुका लागि लाई मद्दत हुनसक्नेछ । यो बिल गत हप्ता ४० मतका साथ हाउस वेज एण्ड मीन्स कमिटीबाट पारित भएको थियो भने विपक्षमा जम्मा ३ मत परेको थियो । बिलले परिवारका लागि चाइल्ड ट्याक्स क्रेडिट विस्तार गर्नेछ।
विद्यमान कानून अन्तर्गत यदि बच्चा १६ बर्षभन्दा कम उमेरको छ र परिवारको आम्दानी एकलका हकमा २ लाख डलरभन्दा कम र दम्पत्तिका हकमा ४ लाख डलरभन्दा कम छ भने प्रति बच्चा २ हजार डलरसम्म कर क्रेडिट प्राप्त गर्न सकिन्छ । तर यो २ हजार डलरको पूर्णभाग तिर्नुपर्ने ट्याक्स रकममा मात्र घटाउन सकिन्छ । यदि करदाताले ट्याक्स तिर्नुपर्ने अवस्था छैन भने जम्मा १६ सय डलरमात्र रिफण्डका रुपमा प्राप्त गर्न सक्छन् ।

नयाँ बिल पारित भएमा यदि करदाताले ट्याक्स तिर्नुपर्ने अवस्था छैन भने १८ सय डलरमात्र रिफण्डका रुपमा प्राप्त गर्न सक्नेछन् । यो रकम सन् २०२४ का लागि १९ सय र सन् २०२५ का लागि २ हजार डलर हुनेछ । यो बिलले हालको कानूनमा रहेको योग्य प्रत्येक बच्चाको लागि क्रेडिटको पूर्ण रकम प्राप्त गर्न अनुमति दिने क्यापलाई पनि हटाउनेछ । साथै अभिभावकहरूलाई उनीहरूको हालको आय वा अघिल्लो वर्षको आय गणना गर्न अनुमति दिनेछ ।
यद्यपि नयाँ बिलबारे द्विपक्षीय वार्ता जारी छ। यदि लागू भएमा चाइल्ड ट्याक्स क्रेडिटमा हुने परिवर्तनहरू कर सिजन जनवरी २९ सुरु भएपछिमात्र हुन सक्छ। त्यसैले योग्य परिवारहरूले सम्भावित कानून परिवर्तन गर्नु अघि फाइल गर्न हतार नगर्न विज्ञहरुले सुझाव दिएका छन् । आईआरएसका अनुशार पनि चाइल्ड ट्रउाक्स क्रेडिट दावूी गर्नेहरुले फेब्रुअरी २७ भन्दा अगाडि रिफण्ड पाउन सम्भव छैन ।





