भिसा लिएर गएका ९६ नेपालीलाई अमेरिकी विमानस्थलबाट एकबर्षमा फर्काइयो


प्रकाशित मिति : माघ ३, २०८० बुधबार

U.S. Customs and Border Protection officers screen international passengers arriving at the Dulles International Airport in Du;lles, Va., November 29, 2016. U.S. Customs and Border Protection Photo by Glenn Fawcett

यसैसाता एकजना नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय विद्यार्थी भिसा एफवानमा अमेरिका प्रवेश गर्ने क्रममा विमानस्थलबाट सीबीपी अधिकारीहरुले अमेरिका प्रवेश अस्वीकार गरेर नेपाल फर्काइदिएका छन् । यद्यपी यो घटना पहिलो भने होइन । यस अगाडि पनि भिजिटर भिसामा अमेरिका प्रस्तुती गर्न आउने कलाकार वा भिजिटर भिसामा अमेरिकामा पत्रकारिता गर्न आउने पत्रकारहरु समेत अमेरिकाका विभिन्न विमानस्थलबाट फर्काइएका घटनाहरु भएका छन् । तर यस्ता घटनाहरु एकदमै धेरै भने होइनन् ।

कुनै पनि आप्रवासी अमेरिका प्रवेशका लागि अमेरिकाको विमानस्थल लगायत पोर्ट अफ इन्ट्रीमा आइसकेपछि उसलाई अमेरिका प्रवेश दिने नदिने अन्तिम अधिकार कस्टम एण्ड बोर्डर प्रोटेक्सन अर्थात् सीबीपीका अधिकारीसमक्ष हुन्छ । अमेरिका प्रवेश अस्वीकार गर्ने क्रममा उनीहरुले सामान्यतया दुईवटा विकल्पहरु प्रदान गर्छन् । पहिलो, भिसावाहकले अमेरिका प्रवेशको आवेदन फिर्ता गरिएको खण्डमा त्यस्ता व्यक्तिको भिसा कुनै पूर्वाग्रहविना रद्द गरेर विमानस्थलबाट फिर्ता पठाइन्छ । यो प्रक्रिया सामान्यतया त्यस्ता व्यक्तिहरूको लागि प्रयोग गरिन्छ जसलाई उक्त भिसामा अमेरिका प्रवेशका लागि अयोग्य मानिन्छ तर उसले अध्यागमन कानुनको गम्भीर उल्लङ्घन नगरेको हुन सक्छ। प्रशासनिक फिर्तीहरु अध्यागमन न्यायाधीश समक्ष औपचारिक सुनुवाइको आवश्यकता बिना सीबीपी अधिकारीहरूको विवेकमा गरिन्छ। यस्तो अवस्थामा फिर्ता पठाइने व्यक्ति भविश्यमा उपयुक्त वा अर्को भिसा लिएर अमेरिका आउनसक्छ ।

यदि भिसावाहकले स्वेच्छिक रुपमा प्रवेशको आवेदन फिर्ता लिन अस्वीकार गरेमा उसलाई अध्यागमन न्यायाधिससमक्ष प्रस्तुत हुने अधिकार दिइन्छ । यो प्रकृया अध्यागमन कानुन उल्लङ्घन गरेका व्यक्तिहरूका लागि प्रयोग गरिन्छ भने तिनीहरूका मुद्दाहरू अध्यागमन न्यायाधीश समक्ष सुनुवाइको लागि पठाइन्छ। यसमा थप औपचारिक कानुनी प्रक्रिया समावेश हुन्छ, जसमा व्यक्तिलाई न्यायाधीशसामु आफ्नो मुद्दा प्रस्तुत गर्ने अवसर र सम्भवतः अपील गर्ने अवशर पनि समावेश हुन्छ । कानुनी समीक्षा आवश्यक पर्ने वा थप गम्भीर अध्यागमन कानुन उल्लङ्घन गरेकाहरुलाई यो प्रकृयामा लगिन्छ भने उनीहरु केही प्रकारका राहत वा सुरक्षाका लागि योग्य हुन सक्छन्। यस्तो अवस्थामा आप्रवासी मुद्दा जितेको खण्डमा अमेरिकाभित्र प्रवेशको अधिकार पाउँछ भने हारेको खण्डमा अमेरिकाबाट स्वदेश फर्कनुपर्छ ।

सीबीपी अधिकारीहरूले डुलेस अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका यात्रुहरूको स्क्रिन गर्दै। (सीबीपी फोटो: ग्लेन फाउसेट)

सीबीपीबाट खसोखासले प्राप्त गरेको जानकारी अनुशार अध्यागमन न्यायाधिससमक्ष प्रस्तुत नगरी सीबीपी अधिकारीको तजविजमा अमेरिकाका विमानस्थलबाट फिर्ता पठाइएका नेपालीहरुको संख्या सन् २०२२ मा ९६ रहेको थियो भने सन् २०२१ मा ११ मात्र थियो । सन् २०२० मा ७ जना नेपालीहरुलाई यसरी विमानस्थलबाट पूर्वाग्रहविना भिसा रद्द गरेर फिर्ता पठाइयो भने सन् २०१९ मा यो संख्या ९ रहेको थियो । सन् २०१८ मा ५ जना नेपालीहरुलाई यसरी फिर्ता पठाइयो भने सन् २०१६ र २०१७ मा कसैलाई पनि फिर्ता पठाइएन । सन् २०१५ मा ४ जना नेपालीहरुलाई यसरी फिर्ता पठाइएको थियो भने २०१४ मा कसैलाई पनि पठाइएन । सन् २०१३ को विवरण भने सीबीपीबाट उपलब्ध हुन सकेन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवश्यक र वैध यात्रा कागजातहरू बिना अमेरिका प्रवेश गर्ने प्रयास गर्ने व्यक्तिहरूलाई विमानस्थलबाट फिर्ता गरिनसक्छ । त्यस्तै आफ्नो भिसाका सर्तहरू उल्लङ्घन गर्ने व्यक्तिहरू अर्थात् तिनीहरूको भिसा श्रेणीले अनुमति नदिने गतिविधिहरूमा संलग्न हुने व्यक्तिहरुलाई विमानस्थलबाट फिर्ता गरिनसक्छ । उदाहरणका लागि कोही पत्रकार भिजिटर भिसामा अमेरिका आएर पत्रकारिता गर्छ भने त्यसका लागि उसको भिसा श्रेणीले अनुमति दिदैन, त्यस्तो व्यक्ति आई भिसामा अमेरिका आउनुपर्छ । यदि कोही कलाकार भिजिटर भिसामा आएर रकम लिएर प्रस्तुती गर्छ भने त्यसका लागि उसको भिसा श्रेणीले अनुमति दिदैन, त्यस्तो व्यक्ति पी भिसामा अमेरिका आउनुपर्छ । विद्यार्थी भिसामा आएर अनाधिकृत काम गर्ने वा भिजिटर भिसामा आएर काम गर्ने व्यक्तिले पनि भिसाको शर्त उल्लंघन गरेको हुनसक्छ ।

यदि व्यक्तिले अमेरिका प्रवेशका क्रममा सीबीपी अधिकारीसमक्ष गलत जानकारी प्रदान गर्दछ वा प्रवेश प्रकृयामा आफैलाई गलत प्रस्तुत गर्दछ भने सीबीपी अधिकारीले तिनीहरूलाई फिर्ता पठाउन सक्छन् । केही आपराधिक सजाय वा गतिविधिहरूले व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लाग्नसकछ । यदि उल्लङ्घनलाई गम्भीर अपराध मानिएको छैन भने सीबीपीले अदालतमार्फत कार्यवाहीको सट्टा प्रशासनिक फिर्तीको लागि रोज्न सक्छ। केही स्वास्थ्य अवस्था भएका व्यक्तिहरूलाई पनि विमानस्थलबाट फर्काइनसक्छ । फिर्ता पठाइने यी मुख्य कारण भएपनि यी बाहेक अन्य कारणले पनि फिर्ता पठाउन सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com