जनवरी २९ देखि ट्याक्स फाइल गर्न सकिने, डेडलाइन अप्रिल १५, छिटो रिफण्ड कसरी लिने?
यसपटक अमेरिकामा जनवरी २९ देखि ट्याक्स फाइल गर्न सकिने आईआरएसले घोषणा गरेको छ । आगामी अप्रिल १५ सम्म डेडलाइन तोकिएकोमा उक्त अवधिसम्म १२८ दशमलव ७ मिलियनवटा ट्याक्स फाइल हुने आईआरएसको अपेक्षा रहेको छ ।
अगस्ट २०२२ मा हस्ताक्षर गरेको मुद्रास्फीति न्यूनीकरण ऐन मार्फत एजेन्सीलाई विनियोजन गरिएको दशौं बिलियन डलरको साथ आफ्नो टेक्नोलोजी र ग्राहक सेवा प्रक्रियाहरू सुधार गर्ने प्रयास गर्दै ठूलो परिमार्जनको क्रममा यो घोषणा आएको हो। करदाताहरूले आगामी फाइलिङ सिजनमा आईआरएस सञ्चालनमा उल्लेखनीय सुधार देख्ने आईआरएसका आयुक्त ड्यानी वेर्फेलले बताएका छन् ।
यस वर्ष करदाताहरूलाई मद्दत गर्न थप वाक इन केन्द्रहरू खुला हुनेछन् । परिष्कृत कागजविहीन प्रशोधनले आइआरएसको पत्राचारमा मद्दत गर्नेछ भने परिष्कृत व्यक्तिगत अनलाइन खाताहरू समेत करदाताहरूका लागि उपलब्ध हुनेछन्। योग्य करदाताहरूले आइआरएसकै अनलाइन प्रणालीबाट सीधै आफ्नो ट्याक्स रिटर्न फाइल गर्न सक्षम हुनेछन्। आईआरएसले यो चरणबद्ध रुपमा सुरु हुने मार्चको मध्यमा व्यापक रूपमा उपलब्ध हुने अपेक्षा गरेको छ।

आईआरएसले अधिकांश रिफण्ड २१ दिन भन्दा कममा जारी हुने अपेक्षा गरेको छ । छिटो रिफण्ड लिनका लागि दुईवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो, फाइलिङको २१ दिन भित्र रिफण्ड प्राप्त गर्नको लागि आईआरएसले ट्याक्स रिटर्न इलेक्ट्रोनिक रूपमा फाइल गर्न सुझाव दिएको छ । दोश्रो, रकम डिपोजिटका लागि बैंक एकाउन्ट दिन सुझाव दिएको छ ।
कागजी रुपमा फाइल गरिएको र डिपोजिटका लागि बैंक एकाउन्ट दिइएको सन्दर्भमा अनलाइनबाट फाइल गरिएका र डिपोजिटका लागि बैंक एकाउन्ट दिइएको तुलनामा ढिलो रिफण्ड प्राप्त हुन्छ । त्यस्तै कागजी रुपमा फाइल गरिएका र रिफण्ड चेक हुलाकमार्फत मगाउनेहरुका सन्दर्भमा सबैभन्दा ढिलो हुन्छ ।
यद्यपि आईआरएसले केही रिफण्डमा अतिरिक्त समीक्षा आवश्यक हुन सक्ने र यदि प्रणालीहरूले कुनै त्रुटिहरू पहिचान गरेमा प्रशोधन गर्न लामो समय लाग्न सक्ने चेतावनी दिएको छ । यदि रिटर्नमा गल्तीहरू भएमा प्रणालीले चोरी वा धोखाधडीको शंका गर्दछ।





