थोरै घट्यो ग्रिनकार्डवाहक र अमेरिकी नागरिकले नेपालबाट परिवार ल्याउन लाग्ने अवधि


प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी गरेको जनवरीको भिसा बुलेटिन अनुशार ग्रिनकार्डवाहक र अमेरिकी नागरिकले नेपालबाट परिवार ल्याउन लाग्ने अवधि थोरै घटेको छ । अर्थात् उनीहरुका अनुहारमा थोरै मुस्कान ल्याएको छ ।

परिवारमा आधारित ग्रिनकार्डमा डिसेम्बरको तुलनामा फाइलिङ मितिमा फेरबदल नभए पनि र भिसा अप्वाइन्टमेन्ट पाउने मितिमा भने थोरै फेरबदल भएको छ । जसले गर्दा विदेशमा हुने परिवारका सदस्यहरुले केही छिटो ग्रिनकार्ड वा आप्रवासी भिसा पाउन सक्नेछन् । परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड जनवरीमा पनि करेन्ट नहुने भएको छ । युएससीआईएसले पनि सोही फाइलिङ मितिलाई नै आधार मानेकाले कुनै पनि श्रेणीमा अमेरिकामा हुनेले आई १३० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने छैन ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनवरीमा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुका लागि अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा १ नोभेम्बर २०१९ भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुले दूतावासमा भिसाका लागि अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउन सक्नेछन् । जुन गत महिनाको तुलनामा ८ महिना छिटो हो ।

अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउनका लागि लाग्ने अवधि भने १ महिना बढेर ९ बर्ष पुगेको छ । भिसाको अप्वाइन्टमेन्ट पाउन भने आवेदनको प्राथमिकता मिति १ जनवरी २०१५ भन्दा अगाडिको हुनुपर्छ । योभन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र जनवरीमा भिसा अप्वाइन्टमेन्ट पाउनसक्छन् ।

ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउने लाग्ने अवधि एकहप्ता घटेको छ । भिसाको अप्वाइन्टमेन्ट पाउन आवेदनको प्राथमिकता मिति १ अक्टोबर २०१५ भन्दा अगाडिको हुनुपर्छ । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा उल्लेखित मितिभन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र डिसेम्बरमा भिसाका लागि दूतावासमा अन्तरवार्ता अप्वाइन्टमेन्ट प्राप्त गर्न सक्नेछन् ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीका लागि पनि ग्रिनकार्ड पाउने लाग्ने अवधि झण्डै ३ महिना घटेको छ । भिसाको अप्वाइन्टमेन्ट पाउन भने आवेदनको प्राथमिकता मिति २२ अप्रिल २००९ भन्दा अगाडिको हुनुपर्छ ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि पनि एक महिना घटेको छ । जनवरीमा भिसाको अप्वाइन्टमेन्ट पाउन आवेदनको प्राथमिकता मिति २२ मे २००७ भन्दा अगाडिको हुनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com