अमेरिकाको ८५ हजार कामदार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त


प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ । कामदार भिसा एचवान बीका लागि नियमित ६५ हजारको कोटा र अमेरिकामा स्नातकोत्तर गरेकाहरुमध्येबाट २० हजारको कोटाका लागि प्रयाप्त आवेदनहरु प्राप्त भएको हो ।

आगामी केही दिनहरूमा युएससीआईएसले अनलाइनमा दर्ता गरेका बाँकी आवेदकहरुलाई छनौट नभएको सुचनाहरु पठाउने भएको छ । यस्ता सूचनाहरू पठाउने काम पूरा भएपछि आर्थिक बर्ष २०२४ को लागि सही तरिकाले अनलाइन दर्ता गरेका आवेदकहरुले आफ्नो अनलाइन स्टाटसमा छनौट नभएको र एचवानबीका लागि पूर्ण आवेदन दिनका लागि योग्य नभएको जानकारी देख्नेछन् ।

आर्थिक बर्ष २०२४ का लागि विश्वभरका कामदारका लागि ७ लाख ८० हजार ८८४ आवेदन परेका थिए भने ती मध्ये योग्य आवेदनहरु ७ लाख ५८ हजार ९९४ थिए । यी आवेदनबाट ८५ हजारलाई भिसा प्रदान गरिन्छ । आर्थिक बर्ष २०२५ का लागि आगामी मार्चमा अनलाइन दर्ता गर्न सकिनेछ । त्यसका लागि अहिले नै रोजगारदाता खोज्न सुरु गर्नुपर्ने कानुन व्यवसायीहरुको सुझाव छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

८५ हजारको क्यापबाट छुट भएका निवेदनहरू स्वीकार गर्न र प्रक्रिया गर्न भने युएससीआईएसले जारी राख्ने जनाएको छ । अहिले अमेरिकामा एचवानी भिसामा रहेका कामदारको अवधि थप, रोजगारीको शर्त परिवर्तन, अहिलेका एचवानबी कामदारलाई रोजगारदाता परिवर्तनको अनुमति र अहिलेका एचवानबी कामदारलाई समानान्तर रुपमा अर्को एचवानबी पदमा काम गर्नका लागि अनुमति लगायतका आवेदनहरु युएससीआईएसले निरन्तर स्वीकार गर्ने र प्रकृयामा लैजानेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com