नेपालीले टीपीएसको रि रजिष्ट्रेशन सन् २०२५ को जुन २४ सम्म गर्नसक्ने, सुचना फेडलर रजिष्टरमा


प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको रि रजिष्ट्रेशन अवधि १८ महिना थपेर सन् २०२५ को जुन २४ सम्म बनाइएको सुचना फेडलर रजिष्टरमा प्रकाशित गरेको छ । अक्टोबर २४ पछि ६० दिनभित्र रि रजिष्ट्रेशन गर्नुपर्ने प्रावधान रहेकोमा त्यसमा १८ महिना थप गरेर सन् २०२५ को जुन २४ बनाइएको हो ।

नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्म  बनाइएकोमा उक्त अवधिभित्र जहिले पनि रि रजिष्ट्रेशन गर्न सकिने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्रष्ट पारेको छ । रि रजिष्ट्रेशनका लागि सन् २०२५ को जुन २४ सम्म टीपीएसवाहकलाई आई ८२१ टीपीएस आवेदन र आई ७६५ वर्क परमिट आवेदन पेश गर्न मौका दिइनेछ ।

यो सुचनाले पहिले घोषणा गरिएको टीपीएसको अवधि थपलाई परिवर्तन गर्दैन । यसले योग्यताका आवश्यकताहरू पनि परिवर्तन गर्दैन। यसले केबर रि रजिष्ट्रेशन अवधिमात्र विस्तार गर्दछ जसमा टीपीएस वाहकले उनीहरूको फाइदाहरूको लागि रि रजिष्ट्रेशन गर्न सक्छन्।

गत जुन २१ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्म  बनाएको थियो । ट्रम्प प्रशासनले सन् २०१८ को मे २२ मा सुचना प्रकाशित गरी जुन २४, २०१९ बाट नेपालीको टीपीएस खारेज गर्ने निर्णय गरेकोमा उक्त निर्णय उल्टाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिले नै टीपीएस गरिसकेका व्यक्तिहरूले रि रजिष्ट्रेशन गरिसकेपछि र वर्क परमिटका लागि आवेदन दिइसकेपछि उनीहरुले सन् २०२५ को जुन २४ सम्म म्याद भएको वर्क परमिट प्राप्त गर्नेछन् । सन् २०२१ को जुन २१ सम्म टीपीएस र वर्क परमिटको आवेदन विचाराधिन रहेकाहरुले नयाँ आवेदन फाइल गर्नु पर्दैन । उनीहरुले विचाराधिन आवेदन स्वीकृत हुँदा सन् २०२५ को जुन २४ सम्मको म्याद भएको टीपीएस वा वर्क परमिट प्राप्त गर्नेछन् । यदि कसैको टीपीएस स्वीकृत भइसकेको छ तर वर्क परमिटको आवेदन भने विचाराधिन रहेको छ भने उनीहरुले रि रजिष्ट्रेशन गर्नुपर्छ ।

हाल अमेरिकामा नेपाली टीपीएसवाहकहरु झण्डै साढे १४ हजार रहेको र उनीहरु थपिएको अवधिसम्मका लागि योग्य हुनसक्ने युएससीआईएसले जनाएको छ । सन् २०१५ को जुन २४ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका तत्कालिन सेक्रेटरी जेह जोन्सनले २५ अप्रिल २०१५ मा नेपालमा गएको भूकम्पको परिणामस्वरुप अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गरेका थिए । भूकम्पका कारण नेपालमा जनधनको क्षति भएको र नेपालको सरकारले अस्थायी रूपमा आफ्ना नागरिकहरूको फिर्ताको उचित व्यवस्थापन गर्न असमर्थ भएकोले अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गरिएको हो ।

२०१५ को भूकम्पपछिका वर्षहरूमा नेपालले रिकभरीमा प्रगति गरिरहेको बेला त्यसपछिका वातावरणीय प्रकोप र त्यससँग सम्बन्धित बृहत् आर्थिक झट्काले रिकभरी प्रक्रियामा बाधा पुगेको ठहर गर्दै अमेरिकी सरकारले अहिले नेपालीको टीपीएसको अवधि लम्बाएको हो । सन् २०१५ को भूकम्पबाट पूर्णरुपमा रिकभर नसकेको जनसङ्ख्यामा भूकम्प र अन्य वातावरणीय घटनाहरू लगायतका जीवनयापनमा ठूलो बाधा आउन जारी रहेको तथा यसले नेपाललाई स्वदेश फिर्ता हुने नागरिकको उचित व्यवस्थापन गर्ने क्षमतामा असर गरेको सरकारी सुचनामा उल्लेख छ ।

हालैका भूकम्पले नेपालभर ठूलो क्षति गरेको तथा गनबर्षको नोभेम्बर ९ मा पश्चिमी नेपालमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्पले डोटी जिल्लामा छ जनाको ज्यान गएको तथा २ सय परिवारलाई असर गरेको एवं त्यसको केही समयपछि २०२२ नोभेम्बर १२ मा बझाङ जिल्लामा दोस्रो शक्तिशाली भूकम्प गएको फेडरल रष्ट्रिटरमा प्रकाशित सुचनामा समावेश गरिएको छ । रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघले नोभेम्बर १४ सम्म प्रभावित मानिसहरू खुला ठाउँमा बसिरहेका रिपोर्ट गर्नुका साथै उनीहरूलाई आपतकालीन आश्रयको खाँचो रहेको तथा पानी, सरसफाइ, मनोसामाजिक सहयोग र संरक्षणमा सुधारिएको पहुँचको आवश्यकता भएको जनाएको थियो ।

हालसालै जनवरी २४, २०२३ मा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अर्को ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो। यस भूकम्पले लगभग ४ सय घरहरूमा क्षति गर्नुका साथै ४० भन्दा बढी परिवारहरू विस्थापित भएका थिए । गत महिनाको जाजरकोट भूकम्पमा पनि डेढसयभन्दा बढीको ज्यान गएको थियो । विश्व बैंक अध्ययन अनुशार तीन गाँउहरुबाट विस्थापितहरुले पर्यावरणीय क्षतिका कारण जोखिम जारी रहेको बताएका थिए भने मनसुन सिजनमा गरिएको अध्ययनमा जलविद्युत परियोजनाहरूको लागि सडक र सुरुङ निर्माणका कारण पहिरोको जोखिम बढेको जनाइएको थियो । कैयन क्षेत्रमा पहिरोको जोखिम रहेको रिपोर्टहरुलाई समेत आधार मानेर नेपालीको टीपीएसको अवधि बढाइएको छ । अध्ययनले यी क्षेत्रहरूमा पहिरो जोखिमको स्तर कम्तिमा अझ धेरै वर्षसम्म उच्च रहने बताएको छ ।

जलवायु परिवर्तनका कारण बारम्बारका खडेरी र भारी मनसुन बाढी दुवैले २०१५ को भूकम्पबाट सबैभन्दा बढी प्रभावित देशका क्षेत्रहरूमा खाद्य असुरक्षालाई तीव्र रूपमा बढाएको रिपोर्टमा उल्लेख छ । विद्यमान पूर्वाधारहरूमा बढ्दो रूपमा गम्भीर क्षति पुर्‍याएर नेपालको पुनर्निर्माण प्रयासहरूलाई उल्लेखनीय रूपमा सुस्त बनाएको पनि जनाइएको छ । डिसेम्बर २०२२ मा युनिसेफले प्रकाशित गरेको रिपोर्ट अनुशार लामो मनसुन मौसमले बाढी र पहिरो सहित प्रकोपहरू निम्त्याउँदा १२ सयभन्दा धेरैको मृत्यु भएको र २३ सयभन्दा बढी परिवार प्रभावित भएको जनाइएको थियो । त्योबाहेक नेपालीको टीपीएसको अवधि थप्नका लागि अन्य प्राकृतिक विपत्ति, आवास संकट, मुद्रास्फीति, मलको अभाव, कोरोना महामारी लगायतलाई पनि कारण बनाइएको छ ।

नोट:  कभर तस्वीर एआईबाट जेनेरेट गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com