अमेरिकाको आप्रवासी भिसामा अन्तरवार्ता छुटबारेको नियम फेब्रुअरीमा आउने


प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार

अमेरिकाको आप्रवासी भिसा आवेदकलाई कन्सुलर अधिकारीसमक्ष अन्तरवार्ता छुटको प्रावधानसहितको अन्तिम नियम फेब्रुअरीमा ल्याउने तय भएको छ । अमेरिकी विदेश मन्त्रालयले यो नियम गत अक्टोबरमा ल्याउने योजना बनाएपनि अब नयाँ मिति फेब्रुअरीका लागि तोकिएको हो ।

यो नियमले कस्ता आप्रवासी भिसा आवेदकहरूलाई कन्सुलर अधिकारी समक्ष उपस्थित हुनको लागि आवश्यकतालाई छुट दिने अनुमति दिने भन्नेबारे विवरण प्रस्तुत गर्नेछ । योग्यता मापदण्डहरू सहित नियमका विवरणहरू अझै सार्वजनिक गरिएको छैन ।

कोरोना महामारीको बेलामा अमेरिकाले पहिले आप्रवासी भिसा जारी भएर कुनै कारणवश अमेरिका आउन नपाएकाहरुले पुन आप्रवासी भिसाको आवेदन दिएको खण्डमा उनीहरुलाई भिसा अन्तरवार्तामा छुट दिने व्यवस्था गरेको थियो । तर उक्त नियम अस्थायी नियम रहेको थियो । उक्त नियम आगामी डिसेम्बर १३ मा समाप्त हुँदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै अमेरिकाको गैर आप्रवासी कामदार, विद्यार्थी र अन्य गैर आप्रवासी भिसामा पनि अन्तरवार्ता छुटको व्यवस्था छ । सन् २०२३ को डिसेम्बर ३१ सम्म लागु हुने गरी अन्तरवार्ता छुटको अवधि थपिएको थियो ।

भिसाको ब्याकलग कम गर्न यो नीति लम्बाइएको थियो भने पहिलोपटक भिसा आवेदन दिनेहरु र नविकरण गर्नेहरुका सन्दर्भमा यो छुट लागु गरिएको छ । अन्तरवार्ता छुटको व्यवस्थाले यसरी ब्याकलगमा रहेका भिसालाई प्रकृयामा लैजानका लागि कन्सुलर अधिकारीहरुलाई अधिकार प्रदान गर्छ ।

दूतावासहरुले आवश्यक परेमा उनीहरुको अन्तरवार्ता भने तय गर्न सक्नेछन् । स्थानीय अवस्थालाई र हरेक आवेदनलाई मूल्यांकन गरेर कुनै कुनै आवेदनमा अन्तरवार्ता लिने छुट दूतावास र कन्सुलेटहरुलाई रहेको विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com