न्युयोर्कको ‘लुम्बिनी वर्डवाइड इन्क’ले ‘ल अफिस अफ केट ई चलटिन’का लागि पारालिगलको काम गर्ने


प्रकाशित मिति : आश्विन ३०, २०८० मंगलबार

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लुम्बिनी वर्डवाइड इन्कले ल अफिस अफ केट ई चलटिनका लागि पारालिगलको काम गर्ने भएको छ । अब ल अफिस अफ केट ई चलटिनका तर्फबाट लुम्बिनी वर्डवाइड इन्कबाट पनि अध्यागमन सेवा प्रदान गरिने लुम्बिनी वर्डवाइड इन्कका प्रमुख तथा अध्यागमन पारालिगल मनमोहन सिंह घिमिरेले जानकारी दिए । सबै सेवाहरु लुम्बिनी वर्डवाइड इन्कको ३७४०, ७७ स्ट्रीटमा रहेको कार्यालयबाटै लिन सकिनेछ ।

ल अफिस अफ केट ई चलटिनले देशनिकालाका प्रकृयामा रहेका मुद्दाहरुको साथै अन्य अध्यागमन कानुन सम्बन्धित आवेदनहरुको समेत प्रतिनिधित्व गर्नेछ । अध्यागमनबारेका प्राय सबै प्रकारका सेवाहरु व्यावसायिक व्यवहारमा प्राप्त गर्न सकिने घिमिरेले जानकारी दिए । केट चलटिन झण्डै डेढ दशक भन्दा लामो समयदेखि न्युयोर्कमा अध्यागमन वकिलका रुपमा सकृय रहदै आएकी छिन् । उनले विगतमा युएससीआईएस कार्यालयमा एसाइलम अफिसरका रुपमा समेत काम गरेकी थिइन् । उनको कार्यालय वान लिबर्टी प्लाजा, १६५ ब्रोडवे न्युयोर्कको २३ औं तल्लामा रहेको छ ।

पारालिगल तथा कन्सल्ट्यान्ट मनमोहन सिंह घिमिरेबाट संचालित लुम्बिनी वर्डवाइड इन्कले सन् २०११ देखि नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतका अध्यागमन फर्म भर्न सघाउने, पेशागत सपथपत्रहरु लेख्न सघाउने लगायतका पारालिगल सेवाहरु गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लुम्बिनी वर्डवाइड इन्कले न्युयोर्कसिटीबाट समेत अमेरिकी अध्यागमन सहायता सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरिसकेको छ भने न्युयोर्क सिटी प्रशासनिक कोड २० ७७६ अनुशार लुम्बिनी वर्डवाइड इन्कलाई यस्तो अनुमति प्रदान गरिएको थियो । विगत २ बर्षदेखि लुम्बिनी वर्डवाइड इन्कबाट आवधिक रुपमा ट्याक्स फाइलको काम समेत गरिदै आएको छ ।

लुम्बिनी वर्डवाइड इन्क विशेषगरी नेपालीलाई अध्यागमनबारेको सेवा दिने पारालिगल फर्म हो । अमेरिकी कानुन अनुसार ग्रिनकार्ड, नागरिकता लगायत अध्यगमनका फारमहरु भर्न सघाउने, फारम भर्न आउनेहरुले ल्याएको डकुमेन्टलाई कानुनी रुपमा रुपान्तरण गरेर अध्यायगमन कार्यालयमा पठाउने लगायतका काममा लुम्बिनी वर्डवाइड इन्कले सशुल्क सघाउदै आएको थियो । अबदेखि भने ल अफिस अफ केट ई चलटिनका लागि प्रतिनिधित्व गर्दै यहाँबाट सबै प्रकारका अध्यागमन सेवा लिन सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com