युएससीआईएसले ल्यायो ठेगाना परिवर्तन गर्ने नयाँ अनलाइन टुल, कसकसले गर्नुपर्छ ?


प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार

युएससीआईएसले ठेगाना परिवर्तन गर्ने नयाँ इन्टरप्राइज चेन्ज अफ एड्रेस सेल्फ सर्भिस टूल सुरु गरेको छ । यो टुल मार्फत पेन्डिङ एप्लिकेसन, पिटिशन, वा अनुरोधहरू भएका सेवाग्राहीहरुले युएससीआईएसमा आफ्नो ठेगाना सजिलै अद्यावधिक गर्न सक्छन् । सेवाग्राहीहरुले यो टुलमार्फत ठेगाना अद्यावधिक गर्न प्रक्रियाको गति र दक्षतामा उल्लेखनीय सुधार अनुभव गर्नेछन् ।

यो टुलमार्फत युएससीआईएसमा अनलाइन एकाउन्ट भएका धेरैजसो व्यक्तिहरूले आफ्नो पत्र आउने र भौतिक ठेगाना युएससीआईएससँग पेन्डिङ एप्लिकेसन, पिटिशन वा अनुरोधहरूको लागि एकै ठाउँमा अपडेट गर्न सक्छन् भने धेरै ठाउँहरूमा ठेगाना अद्यावधिक गर्नुपर्ने आवश्यकता हटेको छ । अब एआर ११ नामको कागजी फर्म भर्नुपर्ने, युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गर्नुपर्ने वा युएससीआईएसको फिल्ड अफिसमा जानुपर्ने वा एसाइलम अफिसमा जानुपर्ने बाध्यता पनि हटेको छ । यो टुलले केही अपवाद बाहेक लगभग सबै प्रकारहरूको फारमका लागि स्वचालित रुपमा ठेगाना परिवर्तनहरू स्वचालित गर्नेछ ।

कुनै पनि विचाराधीन आवेदन, याचिका वा अनुरोधहरू नभएका आप्रवासीहरुले पनि बसाई सराई गरेमा युएससीआईएसलाई सूचित गर्नुपर्ने आवश्यकता पूरा गर्न यो टुल प्रयोग गर्न सक्छन्। यो टुल अहिले अङ्ग्रेजीमा मात्र उपलब्ध छ । कुनै व्यक्तिको पेन्डिङ केस अनलाइन वा हुलाक मार्फत जसरी पेश गरेको भएता पनि युएससीआईएसको अनलाइन खाता मार्फत यो टुलमा पहुँच गर्न सकिन्छ। भावा, टी, यु लगायतका भिसा अन्तरगत पेन्डिङ वा स्वीकृत आवेदन भएकाहरुले भने यो टुल अहिलेका लागि प्रयोग गर्न सक्दैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो टुल प्रयोग गर्न व्यक्तिहरूलाई युएससीआईएसमा अनलाइन एकाउन्छ चाहिन्छ । उनीहरूको नाम, जन्म मिति र नयाँ भौतिक र पत्राचार ठेगानाहरू प्रविष्ट गर्नुपर्छ । व्यक्तिहरूलाई उनीहरूको विचाराधीन आवेदन, याचिका, वा अनुरोधको बारेमा जानकारी समावेश गर्न पनि प्रोत्साहित गरिन्छ। याद गर्नुहोस्, हुलाक मार्फत आफ्नो ठेगाना परिवर्तन गर्दैमा युएससीआईएस सँगको तपाईंको ठेगाना परिवर्तन हुँदैन । यो टुलको प्रयोग गर्नैपर्छ ।

यदि कुनै अमेरिकी नागरिकको कुनै पनि प्रकारको पारिवारिक वा अन्य आवेदन युएससीआईएसमा पेन्डिंग अवस्थामा छ भने उनीहरुले पनि अनिवार्य ठेगाना परिवर्तन गर्नुपर्छ । त्यस्तै अमेरिकी नागरिकले कसैलाई स्पोन्सर गरेको छ भने आई ८६५ फर्म भरेर ठेगाना परिवर्तन गरेको ३० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ । कानुन अनुशार अमेरिकी नागरिकबाहेक अरु व्यक्तिले ठेगाना परिवर्तन गरेको १० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ । तीसदिनभन्दा कम समय अमेरिकाभित्र गैरआप्रवासी भिसामा आउनेहरुले भने आफ्नो ठेगाना परिवर्तनबारे जानकारी गराउनु पर्दैन ।

यदि कुनै ग्रिनकार्डवाहकले जानाजान ठेगाना परिवर्तनको जानकारी युएससीआईएसमा नगरेको खण्डमा २ सय डलर जरिवाना र ३० दिनसम्म कैदसजाय हुनसक्ने कानुनी प्रावधान छ । ग्रिनकार्डवाहकले आफूले ठेगाना परिवर्तनबारे जानकारी गराउन नसक्नुको तार्किक कारण पेश गर्न नसकेमा वा जानजान ठेगाना परिवर्तनबारे जानकारी नगराएको प्रमाणित गर्न नसकेमा देशनिकालासम्म हुनसक्ने कानुनी प्रावधान छ ।

तर व्यवहारिक रुपमा भने ठेगाना परिवर्तन नगरेकै कारण देशनिकालासम्मको सजाय गर्न अमेरिकी अधिकारीहरु इच्छुक देखिएको खास रेकर्ड छैन । तर सिद्धान्तमा रहेको कानुन व्यवहारमा आउन के बेर ? त्यसैले समयमै सचेत हुँदा राम्रो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com