बेलायतमा नयाँ भिसा शुल्क लागू, प्रति व्यक्ति १५ सय पाउण्डसम्म


प्रकाशित मिति : आश्विन १८, २०८० बिहीबार

बेलायतले अक्टोबर ४ देखि नयाँ भिसा आवेदन शुल्क लागू गरेको छ । विद्यार्थी भिसा भएकाहरूका लागि सहित शुल्क प्रति व्यक्ति १५ सय पाउण्डसम्म बढेको छ। साथै जनवरी २०२४ देखि लागू हुने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा थप प्रतिबन्धहरू समेत लागु गरिदैछ । जसका कारण कैयन विद्यार्थीहरुले अध्ययनका लागि अन्य देशको विकल्प रोज्नसक्ने अनुमान गरिएको छ ।

नयाँ अध्यागमन शुल्कहरू अनुशार रोजगार स्पोन्सरको प्रमाणपत्र २३९ पाउण्ड, अध्ययनको लागि स्वीकृतिको पुष्टि २५ पाउण्ड, यूके बाहिर हुँदा प्रति आवेदक विद्यार्थी भिसा शुल्क ४९० पाउण्ड, अन्य रुटहरूको लागि तीन वर्षभन्दा कम समयको लागि बेलायत बाहिर हुँदा प्रति आवेदक भिसा शुल्क ७१९ पाउण्ड, तीन वर्षभन्दा बढीको लागि बेलायत बाहिर भएमा १४२० पाउण्ड, तीनबर्षभन्दा कम सयम यूके भित्र हुनेको प्रति आवेदक भिसा शुल्क ८२५ पाउण्ड, तीन वर्ष भन्दा बढी यूकेभित्र हुनेका लागि १५ सय पाउण्ड तोकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै रोजगारमा आधारित आप्रवासन स्कील्ड शुल्क पहिलो वर्षको लागि १ हजार पाउण्ड र त्यसपछिका वर्षहरूको लागि ५ सय पाउण्ड तोकिएको छ । हाल प्रति वयस्क ६२४ पाउण्ड र प्रति बच्चा ४७० पाउण्ड रहेको अध्यागमन स्वास्थ्य शुल्कमा पनि यो बर्षको अन्त्यमा थप वृद्धि गरिदैछ । यो बृद्धि विद्यार्थी भिसा भएकाहरूका लागि पनि लागु हुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com