इजरायली नागरिकहरूलाई भिसा बिना अमेरिका आउन अनुमति दिने तयारीमा बाइडेन प्रशासन


प्रकाशित मिति : आश्विन ७, २०८० आईतबार

FILE – President Joe Biden meets with Israel’s President Isaac Herzog in the Oval Office of the White House in Washington, July 18, 2023. As Biden prepares to meet Israeli Prime Minister Benjamin Netanyahu this week in New York, a new poll finds that while Americans generally view Israel as a partner or ally, many question whether his far-right government shares American values. (AP Photo/Susan Walsh, File)

बाइडेन प्रशासनले यस हप्ता इजरायललाई एक विशेष क्लबमा भर्ना गर्ने तयारी गरेको छ जसले इजरायली नागरिकहरूलाई भिसा बिना अमेरिकामा यात्रा गर्न अनुमति दिनेछ । प्यालेस्टिनी अमेरिकीहरूलाई इजरायली सरकारले गरेको व्यवहारको बारेमा अमेरिकाको निरन्तर चिन्ताको बाबजुद इजरायलीहरुलाई यो सुविधा दिन लागिएको हो ।

अमेरिकी अधिकारीहरूका अनुशार भिसा छूट कार्यक्रममा इजरायलको प्रवेशको घोषणा यसै साताको अन्त्यतिर गर्ने योजना बनाइएको छ । शनिबार अमेरिकाको आर्थिक वर्षको अन्त्य हुनु अघि नै भिसा छुट कार्यक्रममा इजरायलको प्रवेश सुनिश्चित गरिसक्नुपर्ने हुन्छ ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भिसा छुट कार्यक्रमको व्यवस्थापन गर्छ, जसले हाल ४० भन्दा बढी देशका नागरिकहरूलाई तीन महिनासम्म भिसा बिना अमेरिका प्रवेशको अनुमति दिन्छ। यो कार्यक्रम अन्तरगत अधिकांश मुलुकहरु युरोपेली र एसियाली छन् ।

होमल्यान्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासले बिहीबार यसको घोषणा गर्ने तयारी गरेका छन् । इजरायललाई भिसा छुट कार्यक्रममा समावेश गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबाट सिफारिस प्राप्त भएको लगत्तै यसको घोषणा गरिनेछ । ब्लिन्केनको सिफारिस मंगलबारसम्म प्राप्त हुने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तिम घोषणा राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको साइडलाइनमा भेटेको आठ दिन पछि आउनेछ। नेताहरूले उक्त बैठकमा पत्रकारहरूलाई आफ्नो संक्षिप्त टिप्पणीमा यो मुद्दा उठाएनन् तर यो महिनौंदेखि गहन वार्ता र बहसको विषय भएको छ । किनकि इजरायल र साउदी अरेबिया बीचको सम्बन्धलाई सामान्य बनाउन बाइडेन प्रशासनको प्रयास भइरहेको छ ।

इजरायलको प्रवेश इजरायली नेताहरूको लागि प्राथमिकता भएको छ र नेतन्याहूका लागि ठूलो उपलब्धि हुनेछ । जसले इरान, प्यालेस्टाइन द्वन्द्व र हालसालै इजरायलको न्यायिक प्रणालीको प्रस्तावित कम लोकतान्त्रिक पुनसंरचनालाई लिएर बारम्बार बाइडेन प्रशासनसँग विवाद गरेका छन्।

Photo by Jim WATSON / AFP)

नेतन्याहुको अति दक्षिणपन्थी सरकारले प्यालेस्टाइनीहरूमाथि गरेको व्यवहारको बारेमा अमेरिकाले बारम्बार आलोचना गरेको छ, जसमा वेस्ट बैंक बस्तीहरूको आक्रामक निर्माण, प्यालेस्टिनी राज्यको विरोध र वरिष्ठ क्याबिनेट मन्त्रीहरूद्वारा प्यालेस्टाइन विरोधी टिप्पणीहरू समावेश छन्।

अमेरिकी कदमले नेतान्याहुलाई आफ्नो देशमा हुने स्वागतलाई बढावा दिनेछ। उनले आफ्नो न्यायिक योजनाको बिरूद्ध महिनौंको जनप्रदर्शनको सामना गर्नु परेको छ । यद्यपी अमेरिकाले भिसा छुट दिंदा प्यालेस्टाइनीहरूको आलोचना आउने सम्भावना छ किनभने शान्ति प्रयासहरू रोकिएको बेलामा अमेरिकाले इजरायली सरकारलाई पुरस्कृत गर्न नहुने उनीहरुको तर्क छ ।

अमेरिकी कार्यक्रममा सामेल हुनको लागि इजरायलले विगत दुई वर्षमा तीनवटा सबैभन्दा महत्वपूर्ण मापदण्डहरू पूरा गरेको छ । जसमा भिसा आवेदन अस्वीकार हुने दको प्रतिशत कम छ भने भिसा ओभरस्टे दर पनि कम छ । तर तेश्रो मापदण्ड पूरा गर्न भने संघर्ष गरेको छ , जसमा भिसा पारस्परिकता पर्छ । जसको अर्थ प्यालेस्टिनी अमेरिकीहरू सहित सबै अमेरिकी नागरिकहरूलाई इजरायलमा वा इजरायलहुँदै यात्रा गर्दा इजरायलले समान रूपमा व्यवहार गर्नुपर्छ।

राष्ट्रिय सुरक्षा कारणहरू दाबी गर्दै इजरायलले लामो समयदेखि प्यालेस्टिनी अमेरिकीहरूको लागि छुट्टै प्रवेश आवश्यकताहरू र स्क्रीनिंग प्रक्रियाहरू जारी राखेको छ। धेरैले यी प्रक्रियाहरू कठोर र भेदभावपूर्ण भएको गुनासो गरेका छन् । वेस्ट बैंक र गाजा स्ट्रिपमा प्यालेस्टिनी निवासी कागजातहरू भएका अमेरिकीहरूलाई इजरायलको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नबाट ठूलो मात्रामा प्रतिबन्ध लगाइएको थियो। अन्य प्यालेस्टिनीहरू जस्तै उनीहरूलाई पनि आफ्नो गन्तव्यमा पुग्न जोर्डन वा इजिप्ट हुँदै यात्रा गर्न बाध्य पारिएको थियो।

हालका महिनाहरूमा इजरायलले प्यालेस्टाइनी अमेरिकीहरूको लागि आफ्नो प्रवेश आवश्यकताहरू समायोजन गर्न अघि सरेको छ, जसमा उनीहरूलाई तेल अवीवको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न र बाहिर सिधै वेस्ट बैंक र इजरायल जाने अनुमति दिइन्छ । इजरायलले हमास शासित गाजा पट्टी भित्र र बाहिर यात्रा गर्ने प्यालेस्टाइनी अमेरिकीहरूलाई आवागमन सहज बनाउने वाचा गरेको छ।

नयाँ नियमहरू यस महिनाको सुरुमा लागू भएको थियो यद्यपि चिन्ताहरू भने बाँकी छन् । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले इजरायलले नियम पालना गरेको सुनिश्चित गर्नको लागि स्थितिको निगरानी जारी राख्ने बताएको छ । पालना गर्न असफल भएमा भिसा छुट कार्यक्रमबाट इजरायललाई हटाइन सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com