बेरुत (लेवनान) , इश्लामिक स्टेट जिहादी समूहलाई लक्षित गरी सिरियाली शहर राकामा गरिएको अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी विगत तीन दिनमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बिहीबार जनाएको छ ।
‘सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाए अनुसार आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु भएको छ । बिहीबार पनि केही मृतशरीर हवाई आक्रमणबाट भत्केका केही भवनका भग्नाबशेषबाट निकालिएको जनाउँदै सोमबारपछि भएका आक्रमणमा जम्मा ५९ जनाको मृत्यु भएको जनाइएको हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जिहादी समूहको तत्कालिन सिरियाली राजधानी भनेर चिनिने राकामा २५ हजार सिरियाली सर्वसाधारण विद्रोहीको नियन्त्रण क्षेत्रभित्र रहेका जनाइएको छ । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।